भारतको सहयोगमा विद्यालय पुनर्निर्माण सम्बन्धी कार्यशाला सम्पन्न « Khabarhub

भारतको सहयोगमा विद्यालय पुनर्निर्माण सम्बन्धी कार्यशाला सम्पन्न


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्प पश्चात क्षति भएका विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माण सम्बन्धमा कार्यशाला सम्पन्न गरेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपश्चात नेपालका विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माणका लागि शुरु गरेको परियोजनाबारे जानकारी दिन कार्यशाला आयोजना गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको हो ।

नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सँगको सहकार्यमा मंगलवार आयोजना गरिएको कार्यशाला गोष्ठीमा परियोजना कार्यान्वयन निर्देशन, उत्तम निर्माण अभ्यास, अनुगमन तथा रिर्पोटिङ्गजस्ता पक्षमा छलफल भएको दूतावासले जनाएको छ ।

भारत सरकारले भूकम्प पश्चात शिक्षा क्षेत्रमा ७० वटा विद्यालय तथा एक पुस्तकालयको पुनर्निर्माणमा सहयोग पुर्‍याइरहेको छ ।

केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीले गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ७० वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण हेतु डिजाइन निरीक्षण तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिरहेको दूतावासले जनाएको छ ।

परियोजनाका पूर्व निर्माण, निर्माण र निर्माणपश्चातका सबै चरणहरुमा सुरुदेखि अन्तिमसम्म निर्माण व्यवस्थापनमा उत्कृष्ट अभ्यास प्रदान गर्ने कार्यशालाको उद्देश्य थियो ।

कार्यक्रममा  केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चूडामणि पौडेल, उप–आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवम् भारतीय राजदूतावासका वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ३७ बजे

देवानगञ्जका पीडितसँगको सहमतिमा स्थानीय सरकारलाई बेवास्ता गरिएको गुनासो

सुनसरी– आइतबारदेखि तनाव भएको सुनसरीको देवानगञ्ज गाउँपालिका पुगेका गृहमन्त्री सुधन

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको