आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी « Khabarhub

आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याउने सरकारको लक्ष्य करिब–करिब पूरा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको विवरणमा अब आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ ।

कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७४५ स्थानीय हतमा वाणिज्य बैंकका शाखा खुलेका छन् । केन्द्रीय बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत पुस मसान्तसम्म १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

सो प्रदेशमा एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी रहेको छ । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै बैंकका शाखा खुल्न बाँकी छ । सङ्घीय राजधानी समेत रहेको वाग्मती प्रदेशका कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् ।

सो प्रदेशका दुई वटा स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छ । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छ ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याउनेमा प्रदेश नं ५ अग्रस्थानमा रहेको छ । सो प्रदेशका कूल १०९ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

केन्द्रीय बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६ तहमा बैंकका शाखा खुलेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ४५ बजे

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना