भैसी चोर्ने गिरोह पक्राउ « Khabarhub

भैसी चोर्ने गिरोह पक्राउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा-वडा प्रहरी कार्यालय वालिङले भैसी चोर्ने गिरोह पक्राउ गरेको छ ।

फागुन ३ गते राति भीरकोट १ बस्ने तेजबहादुर केसीको दुईबर्षको पाडी र फागुन ४ गते राति भीरकोट २ बस्ने जमुना केसीको ७ बर्षको लहिनो भैसी गोठबाटै चोरी भएको थियो ।

भैसी चोरी भएको उजुरी प्रहरीलाई दिएपछि अनुसन्धान थालेको प्रहरीले फागुन ५ गते जीप सहित दुईजनालाई पक्राउ गरेको थियो ।

भीरकोट २ बस्ने बर्ष २४ को अजमत अलि र सोही जीपमा सवार सोही स्थानका बर्ष २७ का महमद अलिलाई पक्राउ गरेको थियो । ग १ ज ५८४१ नम्वरको जीपमा भैसी र पाडी बयरघारी तर्फ ल्याउदै गर्दा प्रहरीले सोधपुछ गर्दा भैसी किनेको खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

तेजबहादुर र जमुनालाई सोही स्थानमा बोलाई भैसी पाडी देखाउदा उनीहरुले आफ्नो बताएपछि जीप सहित प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताए ।

प्रहरीले भैसी चोरमा संलग्न भएका अलिद्धयलाई जिल्ला अदालमा म्याद थपी अनुसन्धान थालेको जनाएको छ । मानिसले भैसी हराएको मानेका कारण पनि खासै यो बाहिर नआएपनि यो घट्नाले भने सबै तथ्य पत्ता लगाउनेमा प्रहरी विश्वस्थ रहेको छ ।

अन्य सामाग्री चोरीका घट्ना आएपनि भैसी चोरीको घट्ना भने जिल्लामा पहिलो भएको हुनसक्ने प्रहरीले जनाएको छ । भैसी चोरी भएको उजुरी प्रहरीकोमा आउन साथ प्रहरीले २४ घण्टामा चोर पक्राउ गर्नुले प्रहरीले सफलता हासिल गरेको स्थानीयले बताएका थिए ।

चोरीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २२४ को उपदफा २ बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।
चोरालाई कारवाहीको माग गर्दै स्थानीय । तस्वीर : श्रीकृष्ण सिग्देल÷स्याङ्जा

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ५९ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले