भैसी चोर्ने गिरोह पक्राउ « Khabarhub

भैसी चोर्ने गिरोह पक्राउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा-वडा प्रहरी कार्यालय वालिङले भैसी चोर्ने गिरोह पक्राउ गरेको छ ।

फागुन ३ गते राति भीरकोट १ बस्ने तेजबहादुर केसीको दुईबर्षको पाडी र फागुन ४ गते राति भीरकोट २ बस्ने जमुना केसीको ७ बर्षको लहिनो भैसी गोठबाटै चोरी भएको थियो ।

भैसी चोरी भएको उजुरी प्रहरीलाई दिएपछि अनुसन्धान थालेको प्रहरीले फागुन ५ गते जीप सहित दुईजनालाई पक्राउ गरेको थियो ।

भीरकोट २ बस्ने बर्ष २४ को अजमत अलि र सोही जीपमा सवार सोही स्थानका बर्ष २७ का महमद अलिलाई पक्राउ गरेको थियो । ग १ ज ५८४१ नम्वरको जीपमा भैसी र पाडी बयरघारी तर्फ ल्याउदै गर्दा प्रहरीले सोधपुछ गर्दा भैसी किनेको खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

तेजबहादुर र जमुनालाई सोही स्थानमा बोलाई भैसी पाडी देखाउदा उनीहरुले आफ्नो बताएपछि जीप सहित प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताए ।

प्रहरीले भैसी चोरमा संलग्न भएका अलिद्धयलाई जिल्ला अदालमा म्याद थपी अनुसन्धान थालेको जनाएको छ । मानिसले भैसी हराएको मानेका कारण पनि खासै यो बाहिर नआएपनि यो घट्नाले भने सबै तथ्य पत्ता लगाउनेमा प्रहरी विश्वस्थ रहेको छ ।

अन्य सामाग्री चोरीका घट्ना आएपनि भैसी चोरीको घट्ना भने जिल्लामा पहिलो भएको हुनसक्ने प्रहरीले जनाएको छ । भैसी चोरी भएको उजुरी प्रहरीकोमा आउन साथ प्रहरीले २४ घण्टामा चोर पक्राउ गर्नुले प्रहरीले सफलता हासिल गरेको स्थानीयले बताएका थिए ।

चोरीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २२४ को उपदफा २ बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।
चोरालाई कारवाहीको माग गर्दै स्थानीय । तस्वीर : श्रीकृष्ण सिग्देल÷स्याङ्जा

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ५९ बजे

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा