युरोपेली मुलकमा कोरोना भाइरसबाट ३४ सय भन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

युरोपेली मुलकमा कोरोना भाइरसबाट ३४ सय भन्दा बढीको मृत्यु

दक्षिण पूर्वी एसिया पनि महामारीको जोखिममा - डब्लूएचओ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३४ सय ४० पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट ७ हजार ९८७ जनाको मृत्यु हुँदा युरोपका २४ मुलुकमा मात्रै ३४ सय ४० जनाको मृत्यु भएको हो ।

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा इटालीमा कोरोना भाइरसकै संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु भएको छ । योसंगै इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

यसअघि मंगलबार एकै दिन ३ सय ४९ जनाको मृत्यु भएको इटालीमा सोमबार ३ सय ६८ जनाको मृत्यु भएको थियो ।

इटालीमा संक्रमितको संख्या पनि दैनिकजसो ३ हजार भन्दा बढी हुने गरेको छ । मंगलबार ३२ सय ३३ जनामा संक्रमण देखिएकोमा आज ३५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । उपचार गराइरहेका २६ हजार मध्ये २ हजार जनाको अवस्था गम्भीर छ ।

कोरोना संक्रमण रोक्न इटालीमा सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ । यस्तै स्पेनमा ५ सय ३३ जनाको मृत्यु भएको छ भने ११ हजार ८ सय २६ जना संक्रमित भएका छन् ।

फ्रान्समा १७५ जना, बेलायतमा ७१, नेदरल्याण्डमा ४३, स्विटजरल्याण्डमा २७, जर्मनीमा २६, सनमारिनोमा ११, बेल्जियममा १०, स्वीडेनमा ८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत शनिबार कोरोना भाइरसको ‘इपिसेन्टर’ अब युरोप भएको चेतावनी दिएको थियो । 

ईयूआवद्ध मुलुकमा सीमा बन्द

कोरोना भाइरसको जोखिम उच्च भएपछि युरोपियन युनियन (ईयू) आबद्ध देशहरूले एक महिनालाई  सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् ।

सीमा बन्दको निर्णय ईयूआबद्ध २६ देशमा लागू हुनेछ । प्रतिबन्धले गैरईयू नागरिकहरूलाई भ्रमण गर्नबाट असर पार्नेछ ।

लामो अवधिको बासिन्दा, ईयूका परिवारका सदस्य, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सामान ढुवानी गर्ने मानिसहरूका हकमा भने प्रतिबन्ध लागू नहुने बीबीसीले जनाएको छ ।

दक्षिण पूर्वी एसियामा महामारी खतरा

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशमा पनि कोरोना भाइरसको महामारी फैलन सक्ने चेतावनी दिएको छ ।

संक्रमण रोक्नका लागि भएका प्रयासहरु प्रभावकारी नभए कुनै पनि बेला दक्षिण पूर्वी एसियाली देशहरुमा पनि कोरोना भाइरसले महामारीको रुप लिने डब्लूएचओले चेतावनी दिएको हो ।

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहका अनुसार भाइरसका कारण तीव्र गतिमा बिग्रँदै गएको अवस्थालाई सुधारका लागि प्रभावकारी कदम नचालिए दक्षिण पूर्वी एसिया पनि कोरोना भाइरसको महामारीले गाँजिने छ ।

डा. पूनम खेत्रपाल सिंह – डब्लूएचओ दक्षिण पूर्वी एसिया निर्देशक

डब्लुएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रुपमा परिभाषित गरेका ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । थाइल्याण्डमा सबैभन्दा धेरै १७७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै इन्डोनेशियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा पाँच जनामा संक्रमण देखिएको छ । नेपाल र भुटानमा एक–एक जनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ ।

अमेरिकाका ५० वटै राज्यमा संक्रमण

कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा फैलिएको छ । समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्यमा देखिएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ ।

वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो । अमेरिकामा अहिलेसम्म झण्डै ६ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

अमेरिकाले संक्रमण फैलिँदै गएपछि त्यसलाई रोक्नका लागि बजार बन्दसहित भीडभाड नियन्त्रण गर्ने प्रयास गरेको छ । त्यहाँ राष्ट्रिय संकटकाल समेत घोषणा गरिसकिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : ०० बजे

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक