कोरोनाका कारण ‘प्रेमगीत ३’ को पनि प्रदर्शन मिति स्थगित ! | Khabarhub Khabarhub

कोरोनाका कारण ‘प्रेमगीत ३’ को पनि प्रदर्शन मिति स्थगित !


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेमगीत ३’ चैत्र २८ मा प्रदर्शनमा हुने भनिएको थियो । कोरोना भाइरसको संक्रमणका कारण नेपाली फिल्म रिलिज नभइरहेको अवस्थामा अब ‘प्रेमगीत ३’ पनि रिलिज नहुने अवस्थामा पुगेको छ ।

यसअघि म यस्तो गीत गाउँछु २नीरफूल गरी दुई फिल्मले आधिकारिक रुपमा फिल्मको रिलिज मिति स्थगित गरेका छन् ।

निर्माता सन्तोष सेनले ट्रेलर रिलिज अन्तिम चरणमा पुगेको र फिल्मको रिलिज मिति स्थगित गर्नेमा विचार गरिएको बताएका छन् ।

स्रोत भने यो फिल्म चैत्र २८ मा प्रदर्शनमा नआउने पक्काजस्तै भएको बताउँछ । फिल्मको प्रमोसनलाई पनि समय चाहिने तर कोरोना भाइरसको त्रासका कारण सोचेजस्तो प्रचार नहुने भएकाले फिल्मको रिलिज मिति स्थगित गर्न लागिएको हो ।

सन्तोष सेनले यो साता फिल्म रिलिज नै गर्ने या स्थगित गर्ने भन्नेबारेमा आधिकारिक जानकारी दिने बताए । उनले अहिलेसम्मका हिसाबले फिल्म चैत्र २८ मा रिलिज हुने पनि बताए ।

निर्माताले चैत्र २८ मा आउन सक्ने बताए पनि फिल्म लगभग स्थगित भएको बताइएको छ । यता कोरोनाको संक्रमणको भय दिनानुदिन बढ्दै गएको छ ।

यतिबेला नेपाली मात्र होइन, विदेशी फिल्म पनि प्रदर्शन हुन सकेका छैनन् ।

प्रदीप खड्का र क्रिष्टिना गुरुङले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको समेत अभिनय रहनेछ ।

राजेश श्रेष्ठले खिचेको यो फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ भने कल्याण सिंह र एलिस कार्कीको संगीत रहनेछ ।

यस्तै फिल्ममा वनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन छ । फिल्मका निर्माता सन्तोष सेन हुन् भने निर्देशन चाहिँ निर्माता सेन र छेतेन गुरुङले गरेका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  २ : २६ बजे

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ

विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी

काठमाडौं– संघीय संसद्का दुई ठूला दल मिलेर गठन भएको नेकपा

‘नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक अगाडि बढाऔँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार

सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको