कोरोनाका कारण ‘प्रेमगीत ३’ को पनि प्रदर्शन मिति स्थगित ! « Khabarhub

कोरोनाका कारण ‘प्रेमगीत ३’ को पनि प्रदर्शन मिति स्थगित !


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेमगीत ३’ चैत्र २८ मा प्रदर्शनमा हुने भनिएको थियो । कोरोना भाइरसको संक्रमणका कारण नेपाली फिल्म रिलिज नभइरहेको अवस्थामा अब ‘प्रेमगीत ३’ पनि रिलिज नहुने अवस्थामा पुगेको छ ।

यसअघि म यस्तो गीत गाउँछु २ र नीरफूल गरी दुई फिल्मले आधिकारिक रुपमा फिल्मको रिलिज मिति स्थगित गरेका छन् ।

निर्माता सन्तोष सेनले ट्रेलर रिलिज अन्तिम चरणमा पुगेको र फिल्मको रिलिज मिति स्थगित गर्नेमा विचार गरिएको बताएका छन् ।

स्रोत भने यो फिल्म चैत्र २८ मा प्रदर्शनमा नआउने पक्काजस्तै भएको बताउँछ । फिल्मको प्रमोसनलाई पनि समय चाहिने तर कोरोना भाइरसको त्रासका कारण सोचेजस्तो प्रचार नहुने भएकाले फिल्मको रिलिज मिति स्थगित गर्न लागिएको हो ।

सन्तोष सेनले यो साता फिल्म रिलिज नै गर्ने या स्थगित गर्ने भन्नेबारेमा आधिकारिक जानकारी दिने बताए । उनले अहिलेसम्मका हिसाबले फिल्म चैत्र २८ मा रिलिज हुने पनि बताए ।

निर्माताले चैत्र २८ मा आउन सक्ने बताए पनि फिल्म लगभग स्थगित भएको बताइएको छ । यता कोरोनाको संक्रमणको भय दिनानुदिन बढ्दै गएको छ ।

यतिबेला नेपाली मात्र होइन, विदेशी फिल्म पनि प्रदर्शन हुन सकेका छैनन् ।

प्रदीप खड्का र क्रिष्टिना गुरुङले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको समेत अभिनय रहनेछ ।

राजेश श्रेष्ठले खिचेको यो फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ भने कल्याण सिंह र एलिस कार्कीको संगीत रहनेछ ।

यस्तै फिल्ममा वनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन छ । फिल्मका निर्माता सन्तोष सेन हुन् भने निर्देशन चाहिँ निर्माता सेन र छेतेन गुरुङले गरेका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  २ : २६ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर