कोरोना भाइरस फैलिन नदिन श्रीलंकामा कर्फ्यू  « Khabarhub

कोरोना भाइरस फैलिन नदिन श्रीलंकामा कर्फ्यू 


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि श्रीलंकाले देशका केही स्थानमा कर्फ्यू  जारी गरेको छ ।

श्रीलंका प्रहरीले बुधबार मुलुकका पुत्तालम जिल्लाका ११ स्थान, चिल्ला क्षेत्रका ७ स्थान र कोचिकादे क्षेत्रमा बुधबार दिउँसो साढे ४ बजेबाट लागू हुनेगरी कर्फ्यू  जारी गरेको हो ।

यो क्षेत्रमा क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ छ । मुलुकले क्वारेन्टाइनको व्यवस्था गर्नुअघि नै ४ हजारभन्दा धेरै मानिसहरु प्रवेश गरेको र तीमध्ये ८ यस जना इटालियन नागरिक छन् ।

ती ८ सय मध्ये अधिकांश इटालियनहरु पुत्तालम क्षेत्रमा खुलेआम घुमिरहेका कारण जोखिम बढेको भन्दै कर्फ्यू जारी गरिएको हो । उनीहरुलाई तत्काल नजिकैको अस्पताल गई दर्ता हुन आह्वान गरिएको छ ।

हाल श्रीलंकामा २,२२८ जनालाई मुलुकका विभिन्न १६ क्षेत्रमा रहेका क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : ३७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका