धितोपत्र बजारः रोकिएन नेप्सको ओरालो यात्रा « Khabarhub

धितोपत्र बजारः रोकिएन नेप्सको ओरालो यात्रा


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि रोकिएन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १६.२६ अङ्कले गिरावट आएको छ । मङ्गलबार नेप्से ४४.३३ अङ्कले घटेको थियो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि २.८० अङ्कले घटेर २७१.७९ मा पुगेको छ । आज कुल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर रु एक अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ मा खरिदबिक्री भयो ।

कारोवार भएका कुल १२ मध्ये एक उपसमूहको शेयरमात्र बढेको छ । व्यापार २४.३८ अङ्कले बढ्दा बैंकिङ १५.८२, होटल १९.१६, विकास बैंक ११.७१, जलविद्युत् ७.४६, वित्त ३.८४, निर्जीवन बीमा ११२.७४, उत्पादन २५.१९, अन्य ४.५४, माइक्रोफाइनान्स १८.२३ र जीवन बीमा १३७.०६ र सामूहिक लगानी कोषको शेयर ०.०३ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इस्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड ३१ लाख ७९ हजार ६९७ मा खरिदबिक्री भयो । एनआइसी एसिया बैंकका रु आठ करोड ३३ लाख ४५ हजार ६२, एनमएमबी बैंकको रु पाँच करोड ९० लाख ९६ हजार ३११, ग्लोबल आइएमई बैंकको रु चार करोड १४ लाख ९५ हजार २२७ र शिवम् सिमेन्टको शेयर रु तीन करोड १४ लाख ७७ हजार ६१३ मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९६ प्रतिशतले कमाए । यस्तै माउन्टेन हाइड्रो ७.७९, सबैको लघुवित्त वित्तीय संस्था ४.९३, नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक शेयर) ४.४८, नेपाल इन्स्योरेन्स ३.९२ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८० प्रतिशतले कमाए ।

कालिका पावर कम्पनीका शेयरधनीले सबैभन्दा बढी ९.२५ प्रतिशतले गुमाए । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६, एनएलजी इन्स्योरेन्स ५.९७, मल्टीप्रपोज फाइनान्स ४.९५, सिद्धार्थ इन्स्योरेन्स ४.५७ र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ४.२३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ५३ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा