त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित « Khabarhub

त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि स्थगित भएका छन् ।

नेकपा सचिवालय बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएपश्‍चात त्रिविको परीक्षा पनि स्थगित गरिएको हो।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले आज डिनहरूसँग भएको छलफलमा परीक्षाका विषयमा छलफल भए पनि आधिकारिक निर्णय बिहीबार हुने बताएका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार विद्यालय र क्याम्पसमा पढाइ भने रोक्ने निर्णय गरेको थियो।

बुधबार कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

यसैबीच, प्राविधिक शिक्षा तथा व्यावसाियक तालिम परिषदले पनि एक सूचना जारी गर्दै डिप्लोमा तहका सेमेष्टर परीक्षाहरु पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : २७ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार