अमेरिकामा कोरोनाबाट निको भएका मानछिरिङले भने ‘नयाँ जीवन’ पाएँ « Khabarhub

अमेरिकामा कोरोनाबाट निको भएका मानछिरिङले भने ‘नयाँ जीवन’ पाएँ


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट थलिएर निको भएका धादिङका मानछिरिङ तामाङले आफूले नयाँ जीवन पाएको बताएका छन् ।

उनले फेसबुकमा मार्च २२ तारिख यताका सबै घटनाक्रम बताउँदै कोरोना भाइरससँग हेलचेक्राईँ नगर्न सुझाएका छन् । कोरोना भाइरसबाट निको भएर ‘नयाँ जीवन’ पाएको बताएका तामाङले कोरोना भाइरस हुँदा भएका आफ्ना सबै अनुभुतिलाई फेसबुकमार्फत व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका उक्त अनुभुतिहरु प्रेरणादायी र केही सन्देशमूलक पनि भएकाले हामीले जस्ताको तस्तै राखेका छौँ ।

गत मार्च २२ तारिखका दिन आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पूरा शरीर नै दुख्ने हुन लाग्यो ।

म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका मेरा बहिनीज्वाई एवं चर्चित सामाजिक अभियन्ता लुइसाङ वाइवा ज्यूलाई सबै जानकारी गराएँ ।

उहाँ आफै मलाई लिन मार्च २४ तारिख न्यूजर्सी आउनुभयो । उहॉसंगै म न्यूयोर्क आएँ ।

न्यूयोर्क आएपछि झन मलाई ज्वरो पनि आउन थाल्यो । खानाको स्वाद पनि थिएन । आफूलाई निकै कमजोर महसुस गरेको थिएँ । बहिनी ज्वाई पनि निकै चिन्तित हुनुहुन्थ्यो ।

२६ तारिखका दिन ज्वाईले मलाई अर्जेन्ट केयर लगेर कोभिड टेष्ट गराउनु भयो। तर त्यसको रिपार्ट आउन ढिला भयो ।

ज्वाईले मलाई धेरै सम्झाउनु भयो । सकारात्मक आत्मबल दिनु भयो । त्यसपछि २७ तारिखका दिनदेखि अमर भाइको अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनका लागि सरें ।

मलाई त्यहाँ बहिनी दावा शेर्पाले विहानदेखि साँझसम्म हरेक दिन खानेकुरादेखि सबै कुरा धेरै सहयोग गर्नु भयो ।

एवंरीतले मेरो रुघाखोकी र ज्वरो ठीक हुन गयो । खाना खानपनि मन लाग्न थाल्यो । हल्का खोकी थियो, त्यो तातोपानी पिउँदै गरेर आफसेआफ ठीक भयो ।

कोभिड टेष्टको १५ औं दिनपछि बल्ल मेरो रिपोर्ट आयो । ज्वाईले रिपोर्ट नतिजा मलाई सुनाउँदा साह्रै दुःख लाग्यो ।

आफूलाई सम्हालें । आत्मबल उच्च बनाएँ । त्यसो त रुघाखोकी, ज्वरो ठीक भइसकेको थियो ।

आज विरामी भएको २८ दिन पूरा भएको छ । मलाई अस्पतालमा भर्ना हुनु पर्ने अवस्था समेत भएन । आफू एकदम ठीक भएको महशुस भइरहेको छ । अहिले भने छुट्टैरुपमा बसिरहेको छु ।

यतिखेर मलाई कोरोना भारसदेखि बाँचेर नयाँ जीवन पाएको अनुभूति भएको छ । यसका लागि मेरो बहिनी ज्वाई लुइसाङ वाइवा ज्यू र दावा शेर्पा बहिनीको साथ सहयोगको जीवनभर ऋणी हुनेछु  ।

तपाईहरुले यस्तो जटिल परिस्थितिमा पनि मलाई सहयोग गर्नु भएकोमा ह्रृदयदेखि आभार प्रकट गर्दछु । यस्तैगरी हरेक साँझ- बिहान मलाई सम्पर्क गरेर सम्झाईबुझाई गर्नु हुने, हमेसा सकारात्मक आत्मबल दिनुहुने कुमारी नाना, टेक दाई, रञ्जु भाउजु, काशी बहिनी, गंगा भेना, राजन गौली सर, स्मृति बहिनी, विमला बहिनी, नारायण परियार भाई, आस घर्ती मगर भाई, भाञ्जीज्वाई रुबी-कर्मा, कान्छा भाइलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छु ।

हरेक साँझ विहान मलाई खानपिनको व्यवस्था गरिदिनुहुने टेकदाई, रञ्जु भाउजु, र काशी बहिनीलाई दुई हात जोडेर नमन गर्न चाहन्छु ।

यस्तै मलाई प्रोत्साहन, हौसला र आत्मबल बढाउन बारम्बार फोनबाट आवश्यक सल्लाह र सुझाव दिनुहुने तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङज्यू, समाजसेवी भरत मोक्तानज्यू, इन्द्र तामाङज्यू, नेपाली जन सम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङज्यू, एनआरएन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीज्यू , धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष दीवाकर पाण्डेज्यू, एवं उपाध्यक्ष भक्त गुरुङ ज्यू लगायत मलाई प्रतक्ष्य र परोक्ष रुपमा सुस्वास्थ्यको कामना गर्नुहुने सबैप्रति नमन गर्दछु ।

साथै कोभिड – १९ महामारीबाट बच्न हेलचक्र्याईं नगरी सचेत रहन पनि बिनम्रतापूर्क अनुरोध गर्दछु ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : ०० बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर