चीनमा एकैदिन १ हजार २९० को मृत्यु « Khabarhub

चीनमा एकैदिन १ हजार २९० को मृत्यु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो ।

यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म चीनमा ८२ हजार ६९२ जना संक्रमित छन् । २४ घण्टाको अवधिमा ३२५ नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये ७७ हजार ९४४ उपचारपछि घर फर्किएका छन् भने ११६ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ८९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : ४९ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका