कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मी दम्पती जसलाई तस्वीरले बनायो चर्चित « Khabarhub

कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मी दम्पती जसलाई तस्वीरले बनायो चर्चित


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – साधुसन्त बाहेक सबैजसो मानिस माया, प्रेम, सन्तान मोहजस्ता सांसरिक जीवनको बन्धनमा हुन्छन् ।

तर कतिपय परिस्थितिमा यस्ता केही पेसाकर्मी हुन्छन् जसलाई माया, प्रेम र घरपरिवारको बन्धनमा चाहेर पनि बस्न सक्ने अवस्था हुन्न ।

कोरोना भाइरसको महामारीले संसार आक्रान्त भइरहँदा स्वास्थ्यकर्मीहरु अहिले माया र प्रेममा चाहेर पनि रम्न सक्ने अवस्थामा छैनन् ।

महामारीबाट जोगिन संसारका कयौं मुलुकहरु लकडाउनमा रहँदा करोडौं मानिसहरु घरभित्रै बसिरहँदा स्वास्थ्यकर्मीहरु भने चाहेर पनि घरपरिवारसँग बस्न सकिरहेका छैनन् ।

स्वास्थ्यकर्मीहरु महामारीसँग अस्पतालका शैयामा छटपटाइरहेका विरामीको उपचारमा तल्लिन छन् ।

घरपरिवार नै नभनिकन विरामीको उपचारमा क्रियाशिल भइरहेका एक स्वास्थ्यकर्मीहरुको जोडीको तस्वीर भने अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकाको फ्लोरिडास्थित टाम्पा जनरल अस्पतालमा कार्यरत मिन्डी ब्रूक र बेन कायेरको जोडीले एक अर्कालाई समाएर  आँखामा आँखा जुधाएको तस्वीरले कयौँ मानिसलाई भावुक बनाएको छ ।

नर्स दम्पती मिन्डी र बेन दुवैलाई बिरामीलाई श्वासप्रश्वासमा सहज हुने ट्युब जोडिदिने कार्यमा खटाइएको छ ।

उक्त काममा निरन्तर खटिएका उनीहरुले एकअर्कालाई छुन पनि पाउँदैनन् । पाइहाले पनि सुरक्षा उपकरण लगाउनुपर्ने बाध्यता छ ।

कयौं दिनदेखि विरामीको उपचारमा खटिरहेका उनीहरुले कामको बोझकैबीच पीपीईमा नै एकअर्कालाई हेर्दै माया साट्ने प्रयत्न गरेका हुन् ।

नर्सिङ पढ्दा प्रेममा परेक उनीहरुले पाँच वर्षअघि विवाह गरेका थिए । अहिले दुबै जना विरामीको सेवामा क्रियाशिल छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ७ : २१ बजे

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज