कोरोना भाइरस : उपचार गरेर घर फर्कनेको संख्या पनि बढ्दै | Khabarhub Khabarhub

कोरोना भाइरस : उपचार गरेर घर फर्कनेको संख्या पनि बढ्दै


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय कोरोना संक्रमित उपचार गरेर घर फर्कने क्रम पनि बढ्न थालेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमितमध्ये ५ लाख ७१ हजार ५७७ जना उपचारपछि घर फर्किएका छन् । यो अघिल्लो दिनको तुलनामा बढी हो ।

१५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४९८ जनाको मृत्यु भएको छ भने ३१ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितमध्ये ५९ हजार ९८९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७६ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख १२ हजार ९७ जना उपचाररत छन् ।

कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको स‌ंख्या २० हजार २ पुगेको छ । एकै दिन स्पेनमा ६८७ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा ५ हजार ८९१ नयाँ संक्रमित फेला परेसँगै स्पेनमा १ लाख ९० हजार ८३९ जना कोरोना संक्रमित बनेका छन् । जसमध्ये ७४ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् ।

९६ हजार ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचार गरिरहेका मध्ये ७ हजार ३७१ को अवस्था गम्भीर छ ।

कोरोना भाइरसको संक्रमणबाट इटालीका २२ हजार ७४५ जना नागरिकले ज्यान गुमाएका छन् । एकै दिन ५७५ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार ४३४ पुगेको छ ।

संक्रमितमध्ये ४२ हजार ७२७ उपचारपछि निको भएर घर फर्किएका छन् । १ लाख ६ हजार ९६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २ हजार ८१२ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या १८ हजार ६८१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा फ्रान्समा ७६१ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म फ्रान्समा १ लाख ४७ हजार ९६९ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३४ हजार ४२० जना उपचारपछि फर्किएका छन् भने ६ हजार २७ जनाको अवस्था गम्भीर छ । ९४ हजार ८६८ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४१ हजार ३९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६९९ नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म जर्मनीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३५२ पुगेको छ । २४ घण्टाको अवधिमा मात्र ३ सय जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ८३ हजार ११४ उपचारपछि निको भएर फर्केका छन् । ५३ हजार ९३१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५ हजार १३ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो ।

यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म चीनमा ८२ हजार ६९२ जना संक्रमित छन् । २४ घण्टाको अवधिमा ३२५ नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये ७७ हजार ९४४ उपचारपछि घर फर्किएका छन् भने ११६ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ८९ जनाको अवस्था गम्भीर छ ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा ८४७ जनाको मृत्यु भएको छ । यो सँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ पुगेको छ ।

एकैदिन ५ हजार ५९९ नयाँ संक्रमित फेला परेका छन् । शनिबार बिहानसम्म १ लाख ८ हजार ६९२ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये ९३ हजार ७७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ हजार ५५९ जनाको अवस्था चिन्ताजकन छ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ७ : २५ बजे

‘ह्रस्व दीर्घ’का लेखक भन्छन्- फिल्म सोचेभन्दा उत्कृष्ट बनेको छ

काठमाडौं – चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे चोकमा आज भएको दुर्घटनामा

छठका लागि झकिझकाउ नदी र पोखरी

भक्तपुर – सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा भक्तपुरमा मनाइने

जलवायु वित्त कोषमा प्रभावित मुलुकको सहज पहुँच हुनुपर्नेमा जोड

काठमाडौं । सरकारका प्रतिनिधि, जनप्रतिनिधि, जलवायु क्षेत्रका विज्ञ, नागरिक समाजका

रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली

सुदूरपश्चिम – ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत सडकमा रङ्गीविरङ्गी बत्ती जडान