ब्राजिलका न्यायाधीश जब नग्न भएर बैठकमा बसे… « Khabarhub

ब्राजिलका न्यायाधीश जब नग्न भएर बैठकमा बसे…


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसले यतिबेला आममानिसको दैनिकी मात्र हैन, राज्यका निकायहरुको काम गर्नै शैली पनि परिवर्तन भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गरेर बैठकहरु हुने गरेका छन् ।

विभिन्न एप्सको प्रयोग गरेर कतिपय बैठकहरु भिडियो कन्फरेन्सबाट समेत हुने गरेका छन् ।

न्यायीक सम्पादनका काममा भिडियो कन्फरेन्स हुन थालेको छ । कोरोनाको संक्रमणबाट जोगिन ब्राजिलका न्यायालयले समेत भिडियो कन्फरेन्सको उपयोग गरिरहेका छन् ।

तर यही भिडियो कन्फरेन्सले ब्राजिलको अमापा राज्यका जिल्ला न्यायाधीश कार्मो एन्टोनियो डी सूजालाई भने आपत पारेको छ ।

घरैबाट बहस सुन्ने गरेका सूजाले अप्रिल ७ मा भिडियो कन्फरेन्सिङमार्फत अन्य न्यायाधीशहरूसँग छलफल गर्ने क्रममा नग्न शरीरका साथ प्रस्तुत भएको पत्तै पाएनन् ।

५२ वर्षीय अर्धनग्न न्यायाधीश भिडियोमा गिलासबाट पानी पिउँदै कम्प्युटर स्क्रीनमा घुरेर हेरिरहेको अनि अन्य ६ जना न्यायाधीश चाहिँ गाउन लगाएर बसेको दृश्यले यतिबेला उनको आलोचना भइरहेको छ ।

यद्यपि आफू नग्न भएको थाहा पाउनेवित्तिकै उनले शर्ट लगाएर आएका थिए । लगत्तै अदालतले उक्त घटनाको अनुसन्धान गरेर उनले नियतवस गल्ती नगरेको ठहर गर्दै माफी दिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : २४ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले