ललितपुर महानगरले पसल खोल्ने समय तोक्यो « Khabarhub

ललितपुर महानगरले पसल खोल्ने समय तोक्यो

नियम पालना गरेर मात्रै खोल्न पाइने


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाले महानगरभित्रका ठूला स्टोर र साना पसललाई नियम पालना गरेर महानगरले तोकेको समयमा मात्रै खोल्न निर्देशन दिएको छ ।

ललितपुर महानगरले जारी गरेको विज्ञप्तिमा ठूलो स्टोरहरु बिहान १०बजेदेखि र साँझ सात बजेसम्म खोल्न अनुमति दिएको उल्लेख छ ।

त्यसैगरीसाना साना पसलहरु र तरकारी तथा फलफूल पसलहरु बिहान सातबजे साँझ सात बजेसम्म खोल्न निर्देशन दिएको जनाइएको छ ।

उपप्रमुख गीता सत्यालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरप्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा भएको बैठकमा आपूर्ति व्यवस्था र बजार व्यवस्थापनका बारेमा समेत छलफल गरिएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, ठूला खाद्य स्टोर, उद्योग वाणिज्य संघ ललितपुरका प्रतिनिधिहरुको सहभागिताका थियो ।

विज्ञप्तिमा उल्लेख भए अनुसार पसल अगाडि साबुन पानी र ह्याण्ड स्यानिटाइजरको व्यवस्था गनुपर्ने, विक्रेताले मास्क र सर्जिकल ग्लोभ्स अनिवार्य, लगाउनु पर्ने , मास्क लगाएका ग्राहकलाई दुरी कायम गरेर लाइनमा बस्ने व्यवस्था मिलानुपर्ने, मूल्यसूची देखिने गरी राख्नुपर्ने, ग्राहकले सामान छुन र छनौट गर्न नपाउने व्यवस्था गनपर्ने जनाइएको छ । ठूला स्टोरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु पर्ने जनाइएको छ ।

विज्ञप्तिमा बजार अनुगमन ललितपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा गरिने जनाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै