मुगुकी एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार « Khabarhub

मुगुकी एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी मुगुकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा हेपाटाइटिस बी पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा शल्यक्रिया हुन नसकेपछि शुक्रबार उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।

जिल्ला अस्पतालमा उपचार हुन नसक्ने जानकारी मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गराएलगत्तै मन्त्री गुरुङको निर्देशनमा तत्काल ती गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको हो ।

सुत्केरी हुन दिइएको समय १४ दिन कटेको र उनको रगतमा हेपाटाइटिस बी पोजेटिभ देखिएकाले उपचारका लागि प्रादेशिक अस्पताल पठाउनुपरेको हो ।

लकडाउनले मुलुक ठप्प भइरहेका बेला पनि मन्त्री गुरुङको निर्देशनमा यसअघि खोटाङ र सोलुखुम्बुका एक–एक जना गर्भवतीको हेलिकोप्टरबाट काठमाडौँमा हवाई उद्धार गरी उपचारको व्यवस्था गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गर्दै आएको छ ।

यो कार्यक्रम अन्तर्गत हालसम्म ९६ गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ११ : ४४ बजे

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको