पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै « Khabarhub

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ । दुवै नेतालाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।

गत भदौमा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर्‍याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

शनिबार बिहानै प्रहरीले जरुरी पक्राउ पुर्जी देखाएपछि ओली आफ्नै गाडीमा प्रहरी परिसर आइपुगेका थिए । उनले आफूलाई पक्राउ गर्नु राज्यको प्रतिशोध भएको टिप्पणी गरेका छन् ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार ओलीलाई चिकित्सकको सल्लाहमा त्रिवि शिक्षण अस्पताल र लेखकलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिताको ज्यानसम्बन्धी कसुर (लापरबाही र हेलचेक्य्राइँ गरी ज्यान मारेको) मा अनुसन्धान अघि बढाइएको छ ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत यो पक्राउ प्रतिशोध नभई न्यायको सुरुवात भएको दाबी गरेका छन् । उनले कानुनभन्दा माथि कोही नभएको र जेनजी सहिदप्रति न्याय हुने बताएका छन् ।

यता नेकपा (एमाले) ले भने आफ्ना अध्यक्षको पक्राउलाई ‘नियोजित र निर्देशित’ भन्दै तत्काल रिहाइको माग गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ६ : ०८ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको