मुगुकी एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार « Khabarhub

मुगुकी एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी मुगुकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा हेपाटाइटिस बी पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा शल्यक्रिया हुन नसकेपछि शुक्रबार उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।

जिल्ला अस्पतालमा उपचार हुन नसक्ने जानकारी मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गराएलगत्तै मन्त्री गुरुङको निर्देशनमा तत्काल ती गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको हो ।

सुत्केरी हुन दिइएको समय १४ दिन कटेको र उनको रगतमा हेपाटाइटिस बी पोजेटिभ देखिएकाले उपचारका लागि प्रादेशिक अस्पताल पठाउनुपरेको हो ।

लकडाउनले मुलुक ठप्प भइरहेका बेला पनि मन्त्री गुरुङको निर्देशनमा यसअघि खोटाङ र सोलुखुम्बुका एक–एक जना गर्भवतीको हेलिकोप्टरबाट काठमाडौँमा हवाई उद्धार गरी उपचारको व्यवस्था गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गर्दै आएको छ ।

यो कार्यक्रम अन्तर्गत हालसम्म ९६ गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ११ : ४४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच