राहत वितरण गर्न सर्वदलीय समिति बनाउँ - कांग्रेस | Khabarhub Khabarhub

राहत वितरण गर्न सर्वदलीय समिति बनाउँ – कांग्रेस


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउन समस्यामा परेका नागरिकलाई राहत वितरण गर्न सर्वदलीय समिति बनाउन माग गरेको छ ।

आज (शनिबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले राहतलाई व्यवस्थित र सबैको पहुँचमा पुर्‍याउन सर्वलीय समिति बनाउन माग गरेको हो । कांग्रेसले राहत वितरणका क्रममा पक्षपात भएको निष्कर्षसहित पक्षपातरहित राहतका लागि सर्वपक्षीय समिति उपयुक्त हुने ठहर गरेको छ ।

राहत वितरण गर्दा पक्षतापूर्ण भयो भन्दै विभिन्न जिल्लाबाट सूचना आएकोले राहत वितरणका लागि सर्वदलीय समिति बनाउनुपर्ने निर्णय भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार ज्यालादारी श्रमिक र न्युन आय भएका व्यक्तिहरु खान र बसाको अभावले गर्दा ८/१० दिन हिँडेर काठमाडौंबाट कैलालीसम्म लामो दुरीमा पैदल यात्रा गनुपर्ने बाध्यता आएको विषयमा पनि बैठकमा छलफल भएको छ ।

यस्तो अवस्थामा पनि सरकार सम्वेदनहीन बनेको ठहर गर्दै बैठकले सडकमा अलपत्र परेका नागरिकलाई सरकारले तुरुन्त उचित व्यवस्थापन गर्न कांग्रेसले माग गरेको छ ।

त्यस्तै कांग्रेसले विदेशमा रहेका, दुःखमा परेका, अलपत्र परेका नेपालीको इच्छा अनुसार तत्काल स्वदेश ल्याउने पहल गर्न पनि माग गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर चैत ११ गतेदेखि लकडाउन लागू भएपछिकांग्रेस पदाधिकारी बैठक दोस्रो पटक बसेको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १ : १७ बजे

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर