राहत वितरण गर्न सर्वदलीय समिति बनाउँ – कांग्रेस « Khabarhub

राहत वितरण गर्न सर्वदलीय समिति बनाउँ – कांग्रेस


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउन समस्यामा परेका नागरिकलाई राहत वितरण गर्न सर्वदलीय समिति बनाउन माग गरेको छ ।

आज (शनिबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले राहतलाई व्यवस्थित र सबैको पहुँचमा पुर्‍याउन सर्वलीय समिति बनाउन माग गरेको हो । कांग्रेसले राहत वितरणका क्रममा पक्षपात भएको निष्कर्षसहित पक्षपातरहित राहतका लागि सर्वपक्षीय समिति उपयुक्त हुने ठहर गरेको छ ।

राहत वितरण गर्दा पक्षतापूर्ण भयो भन्दै विभिन्न जिल्लाबाट सूचना आएकोले राहत वितरणका लागि सर्वदलीय समिति बनाउनुपर्ने निर्णय भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार ज्यालादारी श्रमिक र न्युन आय भएका व्यक्तिहरु खान र बसाको अभावले गर्दा ८/१० दिन हिँडेर काठमाडौंबाट कैलालीसम्म लामो दुरीमा पैदल यात्रा गनुपर्ने बाध्यता आएको विषयमा पनि बैठकमा छलफल भएको छ ।

यस्तो अवस्थामा पनि सरकार सम्वेदनहीन बनेको ठहर गर्दै बैठकले सडकमा अलपत्र परेका नागरिकलाई सरकारले तुरुन्त उचित व्यवस्थापन गर्न कांग्रेसले माग गरेको छ ।

त्यस्तै कांग्रेसले विदेशमा रहेका, दुःखमा परेका, अलपत्र परेका नेपालीको इच्छा अनुसार तत्काल स्वदेश ल्याउने पहल गर्न पनि माग गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर चैत ११ गतेदेखि लकडाउन लागू भएपछिकांग्रेस पदाधिकारी बैठक दोस्रो पटक बसेको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १ : १७ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन