आजसम्म लमजुङमा २३ हजारको स्वास्थ्य परीक्षण « Khabarhub

आजसम्म लमजुङमा २३ हजारको स्वास्थ्य परीक्षण


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर जिल्लामा स्थापित विभिन्न स्वास्थ्य सहायता कक्षबाट २३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

विभिन्न स्थान तथा नाकामा राखिएको हेल्थ डेस्कबाट शुक्रबारसम्म २३ हजार ४९ जनाको स्वास्थ्य परीक्षण गरिएको क्वीक रेस्पोन्स टिमले जनाएको छ ।

लमजुङको मुख्य प्रवेशद्वार सुन्दरबजार नगरपालिका –७ पाउँदीबजारमा राखिएको स्वास्थ्य सहायता कक्षमा सबैभन्दा बढी १२ हजार २२४ जनाको परीक्षण भएको छ ।

त्यस्तै मध्यनेपाल नगरपालिकास्थित दुईपिप्ले स्वास्थ्य सहायता कक्षमा सात हजार ८८७ हजार र सो नगरको रामबजारमा राखिएको हेल्थ डेस्कमा दुई हजार १८६ जनाको स्वास्थ्य परीक्षण भएको छ । बेँसीशहर नगरपालिका –७ मनाङ्गे चौतारामा राखिएको स्वास्थ्य सहायता कक्षमा दुई हजार १९८ जनाको परीक्षण भएको छ ।

त्यस्तै क्व्होलासोथर गाउँपालिकास्थित वाग्लुङपानीमा उक हजार १४५, पसगाउँमा एक हजार २१३, सिङ्दीमा ६९०, झिमुडाँडामा एक हजार २४, घलेगाउँमा ३८६ र भोजेमा राखिएको स्वास्थ्य सहायता कक्षमा ९३ जनाको परीक्षण भएको छ ।

कोराना भाइरस संक्रमणको त्रास फैलिएसँगै लकडाउन हुनुपूर्व नै बाहिरी जिल्ला र विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचका लागि विभिन्न स्थानीय तहमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १ : ४२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा