टेकु अस्पतालका डा पुनलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण « Khabarhub

टेकु अस्पतालका डा पुनलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई कारबाही गरेको छ ।

उनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालयमा बोलाइएको हो ।

कोरोना भाइरसको उपचार हुने मुख्य अस्पतालका तथा रिसर्च युनिटका संयोजकसमेत रहेका पुनलाई मौखिक रुपमा बोलाउँदा उपस्थित नभएपछि चिट्ठी काटेर मन्त्रालयमा बोलाइएको हो ।

डा पुनलाई कोरोना भाइरस बारे विभिन्न ठाउँमा बोलेको भन्दै प्रष्टिकरण सोधिएको स्रोतको दाबी छ ।

कोरोना भाइरसको महामारीका विषयमा बोलेको भन्दै स्वास्थ्य तथा जनसंख्या उच्च तहकै निर्देशनमा पुनलाई कारबाही गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ४ : ०५ बजे

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर

छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का