सरकार ! आज पनि सारा सर्वहाराहरुको आवाज लिएर आएको छु « Khabarhub

सरकार ! आज पनि सारा सर्वहाराहरुको आवाज लिएर आएको छु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सुजन बुढाथोकी ‘कान्छा’

डाक्टर!
र यो सन्सारभर कहि पनि औषधि उपचार नपाएर
केवल एउटा सानू रोग लिएर,तिम्रो सहर आएर
अनि हरेकपल एकबोतल पानीको प्यासमा
तड्पिएर बौलाइरहेका
कुनै काकाकुल प्राणीहरु झै
या,हाहाकार मच्चिएर
आहार हराइरहेको कुनै जङ्गगलमा
भोकले तड्पिएर अकाल मर्दै गरेका जनावारहरु झै गरि
मरिरहेछन आज एकहुल मान्छेहरु !

डाक्टर,दोभानमा गाडिएका
सप्तकोशीको फ्रीज्ड ब्यारेग झै गरेर
सधा बन्देज भएर बसेका अस्पतालहरु
अनि,अस्पतालका ढोकाहरु !
यदि खोल्नु भने !
कति मान्छेहरु आज अकाल मर्नबाट जोगिन्थे होला?

कालोबजारको भार खेप्न नसकेर
हरियो पासपोर्ट लिएर
सरकार हजुरको आखै अघाडी
बिमानमा बसेर
अनि उ परको रङ्गिन आसमानमा उडिरहेको
कुनै नौजवान नेपाली सपनाहरु झै गरि
बेरोजगारका भारी झोलाहरुमा रित्तो नागरिकता बोकेर
महामारिमा हजार मायलको लामो यात्रा तय गरेर
आफ्नु घर परिवारको अनुहार हेर्नलाइ
चुडिएको एकजोर चप्पल लिएर
कठोर रोडहरुमा उत्रीएर
पैदल खाली खुत्ताहरु
पट्टिपट्टि फुटाएर गाउँ गैरहेका
कमजोर बेसाहारा र गरिबहरु
अनि सारासर्बहारा श्रमिकहरु ।

पुकार गरिरहेछन किन आज यो सरकार
हामि हिड्ने बाटोहरुमा सवार भएर उभिएन?
पोहोर साल यहि सहर हुदै परदेस जादा
नजा भन्न नसक्ने यो देसले यो साल
किन आफ्नै घर जादा पनि जा भन्न सकेन?

पुकार गरिरहेछन उनिहरु
कि,कुनै पिडितले आफ्नु न्यायोचित अधिकारको भर परिरहे झै

खर्च र खान सकिएर,
हिड्दा हिड्दै बिच बाटोको किनारमा पुगेर
थकित भै गलेर
अनि तड्पिएर मुर्छित भै यदि नालीमा लढे भने नि
सोचिरछु बिचारा त्यतिखेर
उनिहरुको उपचार कस्ले गर्छ?
डाक्टर साब त्यतिखेर चाहिँ के अस्पताल खुल्ला रहन्छ ?

सवारीहरु यो सहरहुदै गाउँ जाने गाडिहरु
यसरी नै अनि केवल दुई दिनका निमित्त
यदि ,यो नेपाल
खुल्ला रहेको घोषित गर्नु भनी ;
बिचार गरिरहेछु सरकार
आज यो देसमा सायद कति हजार
अलपत्र नागरिकहरुको जिबितै उद्दार हुन्थ्यो होला?

मोरङ
२०७७/०१/०६

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ५ : ३४ बजे

ग्रे लिस्टबाट निस्कन सकेन नेपाल, एफएटीएफको पेरिस बैठकले दियो निरन्तरता

काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क

टिपर दुर्घटनामा चालकको मृत्यु 

तनहुँ– स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे

झापामा लागूऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा– पछिल्लो समय लागूऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती– लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः