सरकार ! आज पनि सारा सर्वहाराहरुको आवाज लिएर आएको छु | Khabarhub Khabarhub

सरकार ! आज पनि सारा सर्वहाराहरुको आवाज लिएर आएको छु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सुजन बुढाथोकी ‘कान्छा’

डाक्टर!
र यो सन्सारभर कहि पनि औषधि उपचार नपाएर
केवल एउटा सानू रोग लिएर,तिम्रो सहर आएर
अनि हरेकपल एकबोतल पानीको प्यासमा
तड्पिएर बौलाइरहेका
कुनै काकाकुल प्राणीहरु झै
या,हाहाकार मच्चिएर
आहार हराइरहेको कुनै जङ्गगलमा
भोकले तड्पिएर अकाल मर्दै गरेका जनावारहरु झै गरि
मरिरहेछन आज एकहुल मान्छेहरु !

डाक्टर,दोभानमा गाडिएका
सप्तकोशीको फ्रीज्ड ब्यारेग झै गरेर
सधा बन्देज भएर बसेका अस्पतालहरु
अनि,अस्पतालका ढोकाहरु !
यदि खोल्नु भने !
कति मान्छेहरु आज अकाल मर्नबाट जोगिन्थे होला?

कालोबजारको भार खेप्न नसकेर
हरियो पासपोर्ट लिएर
सरकार हजुरको आखै अघाडी
बिमानमा बसेर
अनि उ परको रङ्गिन आसमानमा उडिरहेको
कुनै नौजवान नेपाली सपनाहरु झै गरि
बेरोजगारका भारी झोलाहरुमा रित्तो नागरिकता बोकेर
महामारिमा हजार मायलको लामो यात्रा तय गरेर
आफ्नु घर परिवारको अनुहार हेर्नलाइ
चुडिएको एकजोर चप्पल लिएर
कठोर रोडहरुमा उत्रीएर
पैदल खाली खुत्ताहरु
पट्टिपट्टि फुटाएर गाउँ गैरहेका
कमजोर बेसाहारा र गरिबहरु
अनि सारासर्बहारा श्रमिकहरु ।

पुकार गरिरहेछन किन आज यो सरकार
हामि हिड्ने बाटोहरुमा सवार भएर उभिएन?
पोहोर साल यहि सहर हुदै परदेस जादा
नजा भन्न नसक्ने यो देसले यो साल
किन आफ्नै घर जादा पनि जा भन्न सकेन?

पुकार गरिरहेछन उनिहरु
कि,कुनै पिडितले आफ्नु न्यायोचित अधिकारको भर परिरहे झै

खर्च र खान सकिएर,
हिड्दा हिड्दै बिच बाटोको किनारमा पुगेर
थकित भै गलेर
अनि तड्पिएर मुर्छित भै यदि नालीमा लढे भने नि
सोचिरछु बिचारा त्यतिखेर
उनिहरुको उपचार कस्ले गर्छ?
डाक्टर साब त्यतिखेर चाहिँ के अस्पताल खुल्ला रहन्छ ?

सवारीहरु यो सहरहुदै गाउँ जाने गाडिहरु
यसरी नै अनि केवल दुई दिनका निमित्त
यदि ,यो नेपाल
खुल्ला रहेको घोषित गर्नु भनी ;
बिचार गरिरहेछु सरकार
आज यो देसमा सायद कति हजार
अलपत्र नागरिकहरुको जिबितै उद्दार हुन्थ्यो होला?

मोरङ
२०७७/०१/०६

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ५ : ३४ बजे

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय