३५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक « Khabarhub

३५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबार रु ३५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८० घ’ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको जनाएको छ ।

व्याजदरसमेत बोलकबोलका माध्यमबाटै तय गरिने बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत सो ऋणपत्र खरिद गर्न सक्नेछन् ।

सो ऋणपत्र धितोमा राखेरसमेत कर्जा लिन वा दिनसमेत पाइनेछ । बोल कबोल आइतबार हुने छ भने अन्तिम निश्कासन सोमबार गरिनेछ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । त्यो भनेको प्रतिस्पर्धीलाई रु २९ अर्ब ७५ करोड र अप्रतिस्पर्धीलाई रु पाँच अर्ब २५ करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ ।

यस्तै ब्याजदर र बाँडफाँट बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ । घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ७ : ३५ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित