आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख। वैशाख शुल्क पक्षको प्रतिपदा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : धनलक्ष्मी योग परेको छ। धनको सदुपयोग गर्नुपर्ने दिन हो। सकारात्मक ग्रहको बहुमत भएकाले आज सफलता मिल्नेछ। स्वदेशमै अवसरको ढोका खुला हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र सामाजिक क्षेत्रमा सहजता मिल्नेछ।

वृष : गुरु अनुकुल छन्। सोचेको काम बन्ने योग छ। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा लगानी भए प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। पुराना साथीसँगको भेटले मन खुशी हुनेछ।
मिथुन : खर्च बढ्ने देखिन्छ। विस्तारै समस्याको समाधान हुँदै जानेछ। आज धेरै अवसर प्राप्त हुने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आज धेरै अवसर तपाईंकै वरिपरि घुमिरहेका छन्। वैदेशिक क्षेत्रको लगानी नै तपाईंको प्रमुख स्रोत हो। पुरानो लगानी उठ्ने योग छ। खुट्टा तान्ने साथीहरु नै सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : आफ्नो विवेक प्रयोग गर्ने दिन छ। क्षमता प्रदर्शन गर्नुपर्ने ठाउँमा ज्ञानको उपयोग गर्नु राम्रो हुन्छ। काम गर्ने ठाउँमा अधिकारका लागि संघर्ष गर्नुपर्नेछ। कुनै योजना बनाउनुभएको भए धेरै साथीलाई शेयर नगरी सुरु गर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको सुझाव लिएर मात्र अगाडि बढ्नु राम्रो हुन्छ।

कन्या : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। काम गर्ने उत्साह बढ्नेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ।

तुला : सामान्य लगानी गरे पनि आम्दानी राम्रो हुनेछ। आज तपाईंको प्रशंसा हुनेछ। आफ्नो निजी काम भन्दा पनि परोपरकामा समय दिनु राम्रो हुनेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : अल्झिरहेको काम बन्नेछ। व्यपारमा देखिएको समस्या समाधान हुनेछ। नयाँ क्षेत्रको भ्रमण हुनेछ। आफन्तसँगको भेटले मन खुसी हुनेछ। लगानीको क्षेत्रबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : तपाईंका प्रतिस्पर्धी कमजोर हुनेछन्। लगानीको क्षेत्रमा प्रगति हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। पेट सम्बन्धी रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। गलत संगत त्याग्नु राम्रो हुनेछ।

मकर : खर्च कम गर्नु राम्रो हुनेछ। शिक्षाको लगानीबाट सफलता मिल्नेछ। सामाजिक र राजनीतिक काममा झन्झट आइपर्ने देखिन्छ। परिवारको मर्म नबुझ्दा व्यवहारमा खटपटी हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शनिदेव सकारात्मक नभएकोले कमाउने भन्दा भएको सम्पत्ति जोगाउनतर्फ लाग्नु राम्रो हुनेछ। पेट पोल्ने, मानिसले बोलेको मन नपर्ने हुनसक्छ। मन अशान्त हुनसक्छ। यसबाट जोगिन परिवारसँग सल्लाह गरेर मात्र व्यवहार गर्नु राम्रो हुनेछ।

मीन : दैनिकी सहज छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मानित हुने दिन छ। लगानी भए वैदेशिक क्षेत्रमा उत्साह बढ्नेछ। धन आर्जन गर्ने योग छ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ५ : ०२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको