कैलालीका क्वारेन्टाइन भरिभराउ | Khabarhub Khabarhub

कैलालीका क्वारेन्टाइन भरिभराउ


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलालीका स्थानीय तहले बनाएका क्वारेन्टाइनमा नागरिक भरिभराउ भएका छन् । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेकाले सरकारले अर्को जिल्लाबाट आएका नागरिकलाई पनि क्वारेन्टाइनमा राख्न निर्देशन दिएपछि स्थानीय तहका क्वारेन्टाइनमा मानिस भरिभराउ भएका हुन् ।

जोशीपुर गाउँपालिकामा आज क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११८ पुगेको छ । गाउँपालिकाले बौनियास्थित रघुनाथ बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइनमा ५६ जना राखिएका छन् । बौनियामा नअटेपछि जोशीपुरस्थित मोहन्याल माविमा क्वारेन्टाइन थपिएको छ । त्यहाँ ६२ जना राखिएका छन् । “क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११८ पुगेको छ”, जोशीपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष विधिराम चौधरीले भने, “यसअघि १४ दिन पूरा भएका स्वास्थ्य परीक्षणपछि ३६ जना घर फर्किसकेका छन् ।”

वडाध्यक्ष चौधरी क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दै गएकाले गाउँपालिकालाई व्यवस्थापन गर्न अप्ठ्यारो हुने बताउँछन् । उनले भने , “अझै मानिस बढेमा थप क्वारेन्टाइन बनाउनुपर्छ ।”
टीकापुर नगरपालिकाको क्वारेन्टाइनमा पनि आज नागरिक थपिएका छन् । टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा ९७ जना पुगेका छन् । टीकापुर नगरपालिकाले मानिस थेग्न नसकेपछि आज कर्णाली मावि सत्तीमा क्वारेन्टाइन स्थापना गरेको छ ।

“त्यहां १७ जना राखेका छौँ, टीकापुर नगरपालिका घर भई बाहिरी जिल्लामा मजदूरी गर्ने आउनेक्रम जारी रहेकाले अझै थपिने अनुमान छ”, नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावल भन्छन्, “नगरपालिकामा थप अर्को विद्यालयमा क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको छ, यति धेरै मानिस भए व्यवस्थापन कसरी गर्ने चिन्ता बढेको छ ।”

आज जानकी गाउँपालिकाको क्वारेन्टाइनमा समेत नागरिक थपिएका छन् । यसअघि २६ जना रहेको सरस्वती मावि दुर्गौलीको क्वारेन्टाइनमा आज ७० जना पुगेका छन् । स्वास्थ्य शाखा संयोजक जितबहादुर चौधरीका अनुसार गोरखा र काठमाडौँबाट आएका नागरिक थपिएका छन् ।

“हिजोसम्म २६ जना थिए, एकैदिन ४४ जना थपिए”, स्वास्थ्य शाखा संयोजक चौधरीले भने, “जसोतसो ७० जना व्यवस्थापन गरेका छौँ, अझै थपिए थेग्न मुश्किल छ, अर्को ठाउँमा क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको छ ।” जानकी गाउँपालिकामा यसअघि क्वारेन्टाइन अवधि पूरा गरी १५ जना होम क्वारेन्टाइनमा फर्किसकेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १० : ०० बजे

‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’

काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ

भद्रपुरमा शून्य खनजोतमा मकैखेती

झापा – यहाँस्थित भद्रपुर नगरपालिकाले नवीनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रमअन्तर्गत

व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न ‘बाख्रा दिवस’

तनहुँ – किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार,

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा

काठमाडौं – समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम

रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

रूकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक