भक्तपुरका २९ पत्रकारको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

भक्तपुरका २९ पत्रकारको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पीसीआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिएको थियो ।

ल्याबले आइतबार नतिजा सार्वजनिक गर्दै परीक्षण भएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

समाचार सङ्कलनका क्रममा अग्रभागमा रहेर काम गर्ने क्रियाशील पत्रकारको कोरोना परीक्षण गर्न नगरपालिकाले आग्रह गरी स्वाब सङ्कलन गरेको थियो ।

यसअघि सोही ल्याबमा नगरपालिकाका जनप्रतिनिधिका साथै विदेशबाट मध्यपुरथिमिमा फर्किएका करिब १०० बढीको पीसीआर परीक्षण गरिएको थियो । ती सबैको नतिजा नेगेटिभ नै आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : १६ बजे

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको