कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन « Khabarhub

कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी महिलाको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले संक्रमित बसेको घर, छिमेकी घर र संक्रमितले राहत लिँदा सम्पर्कमा आएका जनप्रतिनिधि तथा सामुदायिक सेवा केन्द्रका कर्मचारीको स्वाब सङ्कलन गरिएको जानकारी दिए ।

स्वाब सङ्कलनको रिपोर्ट आज साँझसम्म आइपुग्ने वडाध्यक्ष नेपालले बताए । टोखा नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सुत्केरी बस्ने बुद्धमार्ग क्षेत्र शनिबार साँझदेखि आज साँझसम्म सिल गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ८ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै