भारतको रामपुरमा अलपत्र परेका बझाङका ९३ नेपालीको उद्धार « Khabarhub

भारतको रामपुरमा अलपत्र परेका बझाङका ९३ नेपालीको उद्धार


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थलारा गाउँपालिकाका ९३ जना गाउँ पुगेका छन् ।

अलपत्र रहेका थलारावासीलाई गाउँपालिकाको टोलीले विभिन्न निकायसँग समन्वय गरी उद्धार गरेको हो ।

भारतको दिल्लीबाट चैत ११ गते घर फर्किनका लागि आएका उनीहरुलाई भारत सरकारले बिचबाटोमा रोकेर रामपुरको क्वारेन्टाइनमा ५० दिनसम्म राखेको थियो ।

अलपत्र परेका नागरिकलाई उद्धार नगरेको भन्दै चौतर्फी आलोचना भएपछि गाउँपालिकाका सबै राजनीतिक दल र जनप्रतिनिधिको पहलमा भारतको गौरीफन्टा नाकामा पुर्‍याएपछि गाउँपालिकाले ५३ दिनपछि उद्धार गरी गाउँ ल्याएको हो ।

गाउँ पुगेपछि उहाँहरुले निकै खुशी हुँदै आफूहरुमा कोरोनाको सङ्क्रमण नभएकोमा ढुक्क भएकोसमेत बताएका छन् ।

१० वर्षदेखि भारतको फरिदाबादमा चौकीदारी गर्दै आएका थलारा गाउँपालिका–१ का बहादुर थापाले भने, ‘५० दिनसम्म निकै कष्टकर समय बिताउनुपर्यो, कोरोनाको त्रासले भारत सरकारले समेत लकडाउन गरेपछि घर जाउँ भनी सबै फर्किएका थियौँ तर भारत सरकारले भारतको बरेलीमा रोकेर फेरि ६५ किलोमिटर फर्काएर रामपुरमा लगेर राखेको थियो ।’

गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले आफूहरुले निरन्तर पाँच दिनसम्म भारतीय दूतावास, कैलाली जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग समन्वय गरी भारतबाट उद्धार गरी गाउँसम्म ल्याएको जानकारी दिए ।

उद्धार गरी ल्याइएकालाई अब गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षण गरेपछि मात्र घर पठाइने उनले बताए।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ८ : ५६ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल