थप ९ जनामा संक्रमण पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो « Khabarhub

थप ९ जनामा संक्रमण पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका ८ जना र बाराका एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा रौतहटको इशनाथ नगरपालिका २, ३, ६ र ९ नम्बर वडाका ७ जना पुरुष र जिल्लाकै माधवनारायण नगरपालिका ३ की २८ वर्षीया महिला छन् । यस्तै बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : १४ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको