संक्रमित भेटिएपछि विराटनगरका दुई वडा सिल « Khabarhub

संक्रमित भेटिएपछि विराटनगरका दुई वडा सिल


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 विराटनगर- आइतबार दुई जना कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको दुई वटा वडा सिल गरिएको छ ।

विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए ।

आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला पाँच दिनअघि भारतबाट आएकी हुन् ।

संक्रमणको जोखिम बढेपछि अर्काे सूचना जारी नभएसम्म अतिआवश्यक बाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

सोमबारबाट संक्रमित भेटिएपछि स्थानीय प्रशासनले सम्भावित सं‌क्रमितको खोजी सुरु गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : १९ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको