लकडाउन थपिए पनि यी सवारी साधन चलाउन चाहिँदैन पास « Khabarhub

लकडाउन थपिए पनि यी सवारी साधन चलाउन चाहिँदैन पास


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले थप १५ दिनका लकडाउन थपेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ ।

लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने बताए ।

पास विना रोकथामको उपायसहित कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटी कायम रहेको मन्त्री खतिवडाले बताए ।

नयाँ मोडालिटीका बारे छलफल भइरहेको र सुरक्षित तरिकाले श्रम गर्न दिने तयारी भएको समेत मन्त्री खतिवडाले जानकारी दिए ।

पास विना सञ्चालन गर्न पाउने सवारी साधन

  • एम्बुलेन्स, शवबाहन र दमकल
  • यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस
  • काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
  • स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य
  • कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
  • खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
  • फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
  • ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
  • अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु

यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ । यसबाहेक कोरोना भाइरसको रोकथामका लागि ध्यान दिई निर्माण कार्य गर्न र निर्माण सामाग्री ढुवानी गर्न दिइने भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ११ : ११ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर