बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस् « Khabarhub

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको तेस्रो वार्ता सकिएको छ।

गत आइतबार र सोमबार दुई चरणको वार्ता गरेका उनीहरू बिहीबार तेस्रो चरणको वार्ताका लागि ज्वागलस्थित कुमार बेनको घरमा जुटेका थिए।

वार्तापछि बाहिरिएका रविले कुनै प्रतिक्रिया दिएनन् । हँसिलो मुहारमा निस्किएका उनले मिलाएर कुरा बुझ्न सञ्चारकर्मीलाई भने । पत्रकारहरूले उनलाई सोधे, ‘मेयर बालेन साहले लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो सभापतिज्यू ?

त्यसको जवाफमा उनले भने, ‘‘मेरो अनुहारले के बताउँछ। परिणामका लागि केही समय प्रतिक्षा गर्नुहोस् ।’ यति भनेर उनी गाडी चढ्दै बाटो लाले।

कुमार बनेको घरबाट बाहिरिने क्रममा पत्रकार र युट्युबरले घेरिएर धकेलाधकेल भएपछि उनले अलिक अनुशासित हुन सुझाए ।

सम्भावित सहकार्यका लागि रवि र बालेन संवाद हुँदा उनी र अर्जुन घिमिरे पाँडेसहितका सहयोगी कुमार बनेको घरबाहिर बसेका थिए ।

रवि, बालेन र कुलमानसहितका शक्ति एक ठाउँमा आउनुपर्ने बताइरहेका सुधन गुरुङले कुमार बेनको घरमा ताला लगाइदिएका थिए ।

‘हाम्रा दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म मिल्नु हुन्न तबसम्म उहाँहरूलाई बाहिर जान दिँदैनौँ’, उनले भनेका थिए, ‘हामीले ताला लगाइदिएका छौँ, साँचो हामीसँग छ । हामी ताला लगाइदिएर बसेका छौँ । म चाहिँ गार्ड बसेको छु ।’

बुधबार राति पनि बालेनले आधा दर्जन नेतासहितसँग छलफल गरेका थिए । तर नयाँ शक्तिहरू पनि मिलेर जान प्रधानमन्त्री पदमै कुरा मिल्न सकेको छैन ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ३ : ३६ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको