स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न गृहमन्त्रालयको चेतावनी « Khabarhub

स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न गृहमन्त्रालयको चेतावनी


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानून विपरीतका कार्य गरी मनोबल गिराउने काम भइरहेको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न समेत भनेको छ ।

स्थानीय केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई बिना कारण निकाल्नेलगायतका अमानवीय कार्य भइरहेकोप्रति पनि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वव्यापी महामारीकाविरुद्ध लड्न सबैको सामूहिक प्रयास आवश्यक हुनुपर्नेमा आपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नहुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ । आदेशको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न भए कानूनबमोजिम हदैसम्मको कारवाही गर्ने मन्त्रायले जनाएको छ ।

नेपाल सरकारको निर्णयले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको बन्दाबन्दीको आदेशको कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानूनबमोजिम सजाय हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ११ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै