खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद | Khabarhub Khabarhub

खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिइएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ का नरेन्द्रसिंह महराले चलाइराखेको से१ख २०१० नम्बरको मिनिट्रकमा जाँचका क्रममा रु एक लाख १५ हजार ९२५ बराबरको १२६ पेटी रोज नामक मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

धनगढीबाट अत्तरियातर्फ गइरहेको अवस्थामा ट्रकलाई रोकी जाँच गर्दा मदिरा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको बताइएको छ ।

ट्रकसहित चालकलाई नियन्त्रणमा लिइ गाडी र मदिरा धनी धनगढी–१३ का दिनेश पन्तलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । बरामद मदिरा आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बुझाइने जनाइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  २ : ०९ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

लिभरपुलको ‘कमब्याक’ जितमा मोहम्मद सलाहले गरे दुई गोल

काठमाडौं – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै लिभरपुलले इङ्ग्लिस

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु

युक्रेन – पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८१ साल फागुन २५ गते आइतबार फागुन