संक्रमण रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

संक्रमण रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै जिल्लाको सीमाक्षेत्र बेलहियाबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

भारतबाट आउने मालवाहक कन्टेनर तथा ट्रकका चालक र सहचालकबाट कोभिड–१९ सङ्क्रमणको सम्भावना रहेको र स्थानीयवासी, भन्सार कर्मचारी र एजेन्टमा सर्न सक्ने भएकाले उनीहरुको उचित व्यवस्थापन गर्न ज्ञापनपत्र बुझाइएको स्थानीय बासिन्दा उज्ज्वल पोखरेलले जानकारी दिए ।

स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई भेटेर १३ सूत्रीय ज्ञापनपत्र बुझाउँदै भन्सार क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदूर वर्गको स्वास्थ्य सुरक्षा गर्न, कार्यक्षेत्रमा काम गर्नेबीच सामाजिक दूरी कायम राख्न पहल गर्न र भन्सार भित्र आएका कन्टेनर तथा ट्रकमा पूर्णरुपमा सेनेटाइज गर्न माग गरेका छन् ।

भन्सारभित्र प्रवेश गरेका चालक तथा सहचालक भन्सारभित्र मात्र बस्ने व्यवस्था गर्न र भन्सारबाट निस्किएका मालवाहक साधनलाई गन्तव्यमा मात्र पुगेर रोक्न माग गरिएको छ ।

ज्ञापनपत्रमा भन्सारभित्र काम गर्ने कर्मचारी, मजदूर, चालक तथा सहचालकले पञ्जा, मास्क र पूरा शरीर ढाक्ने लुगा प्रयोग गर्नुपर्ने, भन्सारमा काम गर्नेको स्वास्थ्य परीक्षण गर्नुपर्ने र भारतीय चालक तथा सहचालकको विवरण राख्नुपर्ने माग गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

पहिल्लो समय जिल्लामा भन्सारबाट आयात हुने कन्टेनरका चालक र सहचालकका कारण जोखिम बढ्को भन्दै विरोध भएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ३ : ५३ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको