क्वारेन्टाइनमै बुबाको किरिया गर्दै भट्ट « Khabarhub

क्वारेन्टाइनमै बुबाको किरिया गर्दै भट्ट


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए ।

उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुबै जना झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा बसे । स्वदेशको साँधमै अड्किएका दुबै जनाले घरमा फोन गरी पिर नमान्नु भन्दै जानकारी गराएका थिए । घर फर्कने आशामा बसेका दुबै जना अचानक बुबा बितेको खबर पाएपछि बेहोसझैं बने ।

बुबाको अन्तिम संस्कारमा जान उनीहरु हारगुहार गरेका थिए । तर, नेपाल प्रवेश गर्न सहज नहुँदा प्रवासको शिविरमै दुबै जना सेतो कपडामा किरियामा बसेका छन् । बुबाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् नै नेपाल प्रवेशको अनुमति नपाएपछि क्वारेन्टाइनमै किरिया बसेका छन् । भट्टद्वयका बुबा देवदत्त भट्टको गत वैशाख ३१ गते स्वर्गारोहण भएको थियो ।

यस्तै पुर्चौडी नगरपालिका– ७ का ठगी साउदकी आमा भुरी साउदको पनि यही जेठ १ मृत्यु भएको भए पनि नाका सिल हुँदा उनी झुलाघाटमै किरिया गरिरहेका छन् । यसका साथै सिगास गाउँपालिका– ९ का कृष्णसिंह धाँमीकी श्रीमती कलावती धाँमी गत वैशाख ३० गते बितेकी भए पनि कृष्णले पनि स्वदेश फर्कन पाएका छैनन् । स्वदेश फिर्ताका लागि सम्बन्धित सबैलाई आग्रह गरेका उनीहरुले झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए ।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उनीहरुलाई नेपालकोतर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताए । “नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको छ” उनले भने, “हामीले पिथौरागढको डिएम साबलाई चार दिन अगाडि नै पत्र काटिसकेका छौँ, भारतीय पक्ष सहमत हुँदा नाका खोली उनीहरुलाई स्वदेश भित्र्याउँछौँ ।”

यसअघि लकडाउनकै बेला वैशाख १० गते पनि बैतडीका तीन किरियापुत्रीको झुलाघाट नाकाबाट उद्धार गरिएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : ०१ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।