क्वारेन्टाइनमै बुबाको किरिया गर्दै भट्ट | Khabarhub Khabarhub

क्वारेन्टाइनमै बुबाको किरिया गर्दै भट्ट


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए ।

उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुबै जना झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा बसे । स्वदेशको साँधमै अड्किएका दुबै जनाले घरमा फोन गरी पिर नमान्नु भन्दै जानकारी गराएका थिए । घर फर्कने आशामा बसेका दुबै जना अचानक बुबा बितेको खबर पाएपछि बेहोसझैं बने ।

बुबाको अन्तिम संस्कारमा जान उनीहरु हारगुहार गरेका थिए । तर, नेपाल प्रवेश गर्न सहज नहुँदा प्रवासको शिविरमै दुबै जना सेतो कपडामा किरियामा बसेका छन् । बुबाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् नै नेपाल प्रवेशको अनुमति नपाएपछि क्वारेन्टाइनमै किरिया बसेका छन् । भट्टद्वयका बुबा देवदत्त भट्टको गत वैशाख ३१ गते स्वर्गारोहण भएको थियो ।

यस्तै पुर्चौडी नगरपालिका– ७ का ठगी साउदकी आमा भुरी साउदको पनि यही जेठ १ मृत्यु भएको भए पनि नाका सिल हुँदा उनी झुलाघाटमै किरिया गरिरहेका छन् । यसका साथै सिगास गाउँपालिका– ९ का कृष्णसिंह धाँमीकी श्रीमती कलावती धाँमी गत वैशाख ३० गते बितेकी भए पनि कृष्णले पनि स्वदेश फर्कन पाएका छैनन् । स्वदेश फिर्ताका लागि सम्बन्धित सबैलाई आग्रह गरेका उनीहरुले झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए ।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उनीहरुलाई नेपालकोतर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताए । “नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको छ” उनले भने, “हामीले पिथौरागढको डिएम साबलाई चार दिन अगाडि नै पत्र काटिसकेका छौँ, भारतीय पक्ष सहमत हुँदा नाका खोली उनीहरुलाई स्वदेश भित्र्याउँछौँ ।”

यसअघि लकडाउनकै बेला वैशाख १० गते पनि बैतडीका तीन किरियापुत्रीको झुलाघाट नाकाबाट उद्धार गरिएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : ०१ बजे

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार

शिक्षासहित संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल