सिसडोलवासीको कोरोना परीक्षण गर्ने सहमतिसँगै फोहोर विसर्जनको अवरोध हट्यो | Khabarhub Khabarhub

सिसडोलवासीको कोरोना परीक्षण गर्ने सहमतिसँगै फोहोर विसर्जनको अवरोध हट्यो


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ ।

ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको थियो । त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले समस्या समाधान गर्ने सहमति गरेको हो ।

‘उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको माग अनुसार सिसडोलवासीमा कोरोना संक्रमण भए–नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको छ ।’

प्रमुख शाक्यले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडीटी र पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिए ।

‘उहाँहरुको माग पूरा भएको छ । उपत्यकाको फोहोरा छोपेर सिसडोल लैजाने सहमति भयो,’ उनले भने, ‘सहमति अनुसार बेलुका आठ बजेदेखि विहान ६ बजेसम्म फोहोर विसर्जन गरिसक्नु पर्ने भन्ने छ ।’

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले नियमित फाहोर विसर्जन हुने जानकारी दिए ।

‘छलफल सकारात्मक भयो । हाम्रो ठूलो माग नै थिएन । यहाँका स्थानीयको स्वास्थ्य परिक्षण हुनपर्छ भनेका थियौँ,’ अध्यक्ष लामाले भने, ‘काठमाडौँ महानगरपालिकाले हाम्रा माग पूरा गर्ने सहमति गरेसँगै फोहोर विसर्जनको समस्या पनि तत्कालका लागि समाधान भयो ।’

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले पनि फोहोरो विसर्जनको समस्या तत्कालका लागि हटेको जानकारी दिए ।

फोहोर विसर्जनमा अवरोध भएसँगै काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले माग सम्वोधनमा सकारात्मक रहेको भन्दै विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गरे बलप्रयोग गर्ने बताएका थिए ।

छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सह–सचिव राजेश्वर ज्ञवाली, वातावरण विभागका प्रमुख हरि श्रेष्ठसहित ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा, वडा–१ का चन्द्रबहादुर बलामी, वडा–३ का घननाथ बजगाईँगायत सहभागी थिए ।

काठमाडौँ उपत्यकाको फोहोर विसर्जन नहुने हो भने काठमाडौँ महानगरपालिका सहित अन्य नगरपालिका पनि दुर्घन्धित हुने र संक्रमणको खतरा बढी हुने भन्दै उपत्यकाका जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनमा समस्या सिर्जना गर्नु नहुनेमा जोड दिदैँ आएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ३४ बजे

पत्रकार गजेन्द्र बुढाथोकीले सार्वजनिक गरे ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’

काठमाडौं- पत्रकार गजेन्द्र बुढाथोकीद्वारा लिखित ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ किताब शनिबार

अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको वैदेशिक सहायता

वार्षिक प्रतिवेदन छलफलमा प्रधानमन्त्री गएनन्, सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाल सरकारको वार्षिक प्रतिवेदन छलफल गर्ने क्रममा प्रधानमन्त्री उपस्थित

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा– मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म

साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम साढे तीन वर्षपछि पार्टीमा