काठमाडौंमा आज विप्लवको जनप्रदर्शन « Khabarhub

काठमाडौंमा आज विप्लवको जनप्रदर्शन


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

प्रदर्शनपछि काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनसभा गर्ने सो पार्टीले जनाएको छ। उक्त पार्टीले दिउँसो १२ बजे सुन्धाराबाट प्रदर्शन सुरु गर्नेछ।

सुन्धाराबाट सुरु भएको प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ। सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।

विप्लव समूहका चिरन पुन पार्टीबाट विद्रोह गर्दै बुधबार १० वाम घटकसँग एकभएपछि यो जनप्रदर्शन हुन लागेको हो। विप्लव भने वाम एकता कार्यक्रममा सहभागी भएनन्।

लामो समय विद्रोहको एजेन्डा बोकेको विप्लवको पार्टीले पछिल्लो समय भए निर्वाचन आयोगमा दल दर्तासमेत गरिसकेको छ। दल दर्ता गर्दा आयोगमा उनको पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल राखिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : ०२ बजे

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन