लकडाउनमा भोका कुकुरलाई स्थानीय युवाहरुको पहलमा खाना | Khabarhub Khabarhub

लकडाउनमा भोका कुकुरलाई स्थानीय युवाहरुको पहलमा खाना


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा छन् ।

नेपालमा पनि लकडाउन शुरु भएको सोमबार ५६ दिन पुगेको छ । यो लकडाउनको अवधिमा मानिसहरु मात्र नभएर जीवजनावर समेत खान नपाएर प्रभावित बनेका छन् ।

यही कुरालाई मध्यनजर गर्दै बुढानिलकण्ठ क्षेत्रका युवाहरुले दैनिक सडकमा रहेका कुकुरलाई खाना खुवाउँदै आएका छन् ।

‘मिलेर गरम सकेको गरम’ अभियानका साथ उनीहरुले सो सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका छन् । कुकुरलाई खाना खुवाउनुका साथै असहायहरु तथा विपन्नहरुलाई समेत खाद्यान्न सहयोग गर्दै आएको अभियानका एस सदस्य साहिल गौतमले बताए ।

अभियानमा दिपेश भण्डारी (साने), प्रताप श्रेष्ठ , किरण थापा मगर , राहुल लुइँटेल, साहिल गौतम, सोनाम तामाङ , विकास बराल, सुजन लुइँटेल, विशाल खड्का लगायत छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ४० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी