क्वारेन्टाइन मापदण्ड अनुरुप सञ्चालन गर्न मानवअधिकार आयोगकको आग्रह | Khabarhub Khabarhub

क्वारेन्टाइन मापदण्ड अनुरुप सञ्चालन गर्न मानवअधिकार आयोगकको आग्रह


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आग्रह गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेश तथा स्थानीय तहसँग पर्याप्त समन्वय गर्दै केन्द्रीय राहत कोषलाई उपयोगमा ल्याउन आयोग आग्रह गरिएको छ ।

प्रत्येक स्वास्थ्यउपचार केन्द्र तथा अस्पताललाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रुपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्दै सङ्क्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न, गराउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

विश्व स्वास्थ सङ्गठनको क्वारेन्टाइन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टाइनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, सङ्क्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायको कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, क्वारेन्टाइनका व्यक्तिलाई सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहोरदोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने, शारीरिक दूरी कायम हुनुपर्ने, परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलब्ध गराउनुपर्ने र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्नेलगायतका व्यवस्था हुनुपर्ने उल्लेख छ ।

आयोगको अनुगमनको क्रममा उक्त मापदण्ड अनुरुप क्वारेन्टाइनमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाहजस्ता आवश्यकतासमेतको उचित व्यवस्थापन हुन नसक्दा व्यक्तिका आधारभूत मानवअधिकार सङ्कुचनमा परेको देखिन्छ ।

व्यवस्थित हुन नसक्दा सम्भावित सङ्क्रमित क्वारेन्टाइनमा बस्न नचाहने र बसिरहेका पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा सङ्क्रामक रोग अझ बढी फैलिने देखिन्छ । नेपालमा फैलिरहेको कोभिड–१९ को असर र त्यसको कारणबाट नेपालमा एक सुत्केरी महिलासहित दुई जनाको निधनप्रति आयोगले समवेदना प्रकट गरेको छ ।

कोभिड–१९ को कारणबाट मृत्यु हुनेको प्रत्येक परिवारलाई उचित राहत उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणमा दिनरात खटिएका चिकित्सक, नर्स, सफाइ कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन कार्यमा संलग्न स्वयंसेवक तथा सञ्चारकर्मीहरुप्रति आयोगले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ०९ बजे

देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति

वाशिङ्टन – दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार