नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने सरकारको घोषणा | Khabarhub Khabarhub

नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने सरकारको घोषणा


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले स्वीकृत गरेको नेपालको नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने घोषणा गरेको छ ।

सोमबार ६ बजेदेखि केहिबेर बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा स्वीकृत गरेको जानकारी दिदै सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त नक्सालाई अब प्रशासनिक काममा पनि प्रयोगमा ल्याइने जानकारी दिए ।

‘सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका अतिक्रमित सबै क्षेत्र समेटेर नक्सा स्वीकृत गरेको छ, अब यही नक्सा बमोजिम हाम्रा निशान छाप र पाठ्यपुस्तक पनि अद्यावधिक गरिनेछ,’ उनले भने ।

नयाँ नक्सामा नेपालको संघीयता झल्किने गरी प्रदेशहरू पनि छुट्याइएको उनले जानकारी दिए ।

भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई आइतबारको मन्त्रिपरिषद् बैठकमै प्रस्तुत गरिए पनि आवश्यक छलफलका लागि भन्दै निर्णय हुन सकेको थिएन ।

भारतले २ नोभेम्बर, सन् २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालको भू-भाग समेटिएपछि तत्कालै संसदीय समितिहरूले नेपाल सरकारलाई पनि नयाँ नक्सा सार्वजनिक गर्न दबाब दिएका थिए ।

भारतले अझ नेपालको कालापानी हुँदै सडक निर्माण गरेर यही मे ८ मा उद्घाटन नै गरेपछि त्यसयता नेपालमा चर्को विरोध हुँदै आएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ८ : ३२ बजे

घाइते छाडा चौपायाको उद्धारमा विष्णु

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले

‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर– कञ्चनलपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा