नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने सरकारको घोषणा « Khabarhub

नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने सरकारको घोषणा


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले स्वीकृत गरेको नेपालको नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने घोषणा गरेको छ ।

सोमबार ६ बजेदेखि केहिबेर बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा स्वीकृत गरेको जानकारी दिदै सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त नक्सालाई अब प्रशासनिक काममा पनि प्रयोगमा ल्याइने जानकारी दिए ।

‘सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका अतिक्रमित सबै क्षेत्र समेटेर नक्सा स्वीकृत गरेको छ, अब यही नक्सा बमोजिम हाम्रा निशान छाप र पाठ्यपुस्तक पनि अद्यावधिक गरिनेछ,’ उनले भने ।

नयाँ नक्सामा नेपालको संघीयता झल्किने गरी प्रदेशहरू पनि छुट्याइएको उनले जानकारी दिए ।

भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई आइतबारको मन्त्रिपरिषद् बैठकमै प्रस्तुत गरिए पनि आवश्यक छलफलका लागि भन्दै निर्णय हुन सकेको थिएन ।

भारतले २ नोभेम्बर, सन् २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालको भू-भाग समेटिएपछि तत्कालै संसदीय समितिहरूले नेपाल सरकारलाई पनि नयाँ नक्सा सार्वजनिक गर्न दबाब दिएका थिए ।

भारतले अझ नेपालको कालापानी हुँदै सडक निर्माण गरेर यही मे ८ मा उद्घाटन नै गरेपछि त्यसयता नेपालमा चर्को विरोध हुँदै आएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ८ : ३२ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा