इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको प्रभावशाली जीत | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको प्रभावशाली जीत


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सुरू भएको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले प्रभावशाली जीत दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–० को जीत दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरेर सुरुवाती अग्रता दिलाए ।

५१ औँ मिनेटमा पाएको पेनाल्टीमा केविन ड्री ब्रुयनाले गोल गरेपछि सिटीले अग्रता दोब्बर पार्‍यो ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा फिल फोडिनले गोल गरेपछि सिटी ३–० ले विजयी भयो।

जीतपछि दोस्रो स्थानको सिटीको २९ खेलबाट ६० अंक भएको छ । आर्सनल ४० अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : ४६ बजे

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले