साउदीमा अलपत्र नेपालीलाई आइतबार स्वदेश फर्काइँदै (सूचीसहित ) « Khabarhub

साउदीमा अलपत्र नेपालीलाई आइतबार स्वदेश फर्काइँदै (सूचीसहित )


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदीमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा आगामी आइतबार स्वदेश फर्काइने भएको छ ।

कोरोना महामारीका कारण अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल एअरलाइन्सको विमानले जुन २१ गते साउदीको रियादबाट चार्टर्ड उडान भर्ने भएको छ ।

सो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

स्वदेश फर्किनेहरुलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ । रिपोर्ट नेगेटिभ आएकाहरुलाई मात्र फर्काइने दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिने जनाएको छ ।

रियादबाट काठमाण्डौ आउनका लागि ४६५ अमेरिकी डलर अर्थात १७४४ साउदी रियाल तोकिएको छ ।

टिकट खर्च स्वयं व्यक्तिले नै व्यहोर्नुपर्ने छ । स्वदेश फर्कने यात्रु चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने दूतावासले जनाएको छ ।

यस्तो छ प्राथमिकतामा परेकाहरुको सूची

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ८ : २० बजे

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव

इनिशा बिक हत्या प्रकरण : कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाही गर्न

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य