साउदीमा अलपत्र नेपालीलाई आइतबार स्वदेश फर्काइँदै (सूचीसहित ) « Khabarhub

साउदीमा अलपत्र नेपालीलाई आइतबार स्वदेश फर्काइँदै (सूचीसहित )


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदीमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा आगामी आइतबार स्वदेश फर्काइने भएको छ ।

कोरोना महामारीका कारण अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल एअरलाइन्सको विमानले जुन २१ गते साउदीको रियादबाट चार्टर्ड उडान भर्ने भएको छ ।

सो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

स्वदेश फर्किनेहरुलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ । रिपोर्ट नेगेटिभ आएकाहरुलाई मात्र फर्काइने दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिने जनाएको छ ।

रियादबाट काठमाण्डौ आउनका लागि ४६५ अमेरिकी डलर अर्थात १७४४ साउदी रियाल तोकिएको छ ।

टिकट खर्च स्वयं व्यक्तिले नै व्यहोर्नुपर्ने छ । स्वदेश फर्कने यात्रु चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने दूतावासले जनाएको छ ।

यस्तो छ प्राथमिकतामा परेकाहरुको सूची

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ८ : २० बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १