यी हुन् अहिलेसम्म कोरोना संक्रमण नदेखिएका नेपालका तीन जिल्ला | Khabarhub Khabarhub

यी हुन् अहिलेसम्म कोरोना संक्रमण नदेखिएका नेपालका तीन जिल्ला


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा देखिएको छ ।

बुधबार एकैदिन पाँच सय ८६ संक्रमित थपिए । विहीबार विहान मनाङका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ ।

अब प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा मात्र अहिलेसम्म संक्रमण देखिएको छैन ।

स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको हो । उनी हालै कपिलवस्तुबाट मनाङ गएको जनाइएको छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा ओखलढुंगा मात्रै कोरोनाले नछोएको जिल्ला हो । १३ जिल्ला रहेको बागमती प्रदेशमा रसुवा मात्रै अहिलेसम्म कोरोनाबाट जोगिएको छ ।

कोरोना संक्रमित नदिखिएको अर्को गण्डकी प्रदेशको मुस्ताङ हो । गण्डकी प्रदेशमा मुस्ताङबाहेक १० वटा जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकअनुसार नेपालमा ७ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ९ : २३ बजे

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब