नारायणकाजी श्रेष्ठले भने- कालापानी हाम्रो भू–भाग हो, भारतीय सैनिक क्याम्प हट्नुपर्छ « Khabarhub

नारायणकाजी श्रेष्ठले भने- कालापानी हाम्रो भू–भाग हो, भारतीय सैनिक क्याम्प हट्नुपर्छ


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कालापानी नेपाली भू–भाग भएकाले भारतीय सैनिक क्याम्प हटाउनु पर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल बोल्दै प्रवक्ता भने, ‘हामीले भनेका छौं त्यो भू–भाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ ।

त्यो भू–भागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, र त्यस प्रकारको क्याम्पहरु त्यहाँबाट बन्द गरिनुपर्छ भन्ने हाम्रो दृढ अडान हो ।’

नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै त्यसका लागि भारत तयार हुनुपर्ने बताए ।

‘हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ नेता श्रेष्ठले थपे, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ ।’ छिटो वार्तामा बसेर नेपाल र भारतबीचको सम्बन्धलाई नकारात्मक दिशामा जान नदिन उनले भारतलाई आग्रह गरे ।

१८१६ को सुगौली सन्धिमा काली नदीको पश्चिमको भूभाग भारतलाई छोड्ने भनेको, नोभेम्बर १९१९ मा भारतले प्रकाशित गरेको नक्सामा दुई देशबीचको सीमा काली नदी देखाइएको र नेपालको कुनै पनि शासकले सुगौलि सन्धिपछि कुनै सन्धि वा सम्झौता गरेर भारतलाई जमिन हस्तान्तरण नगरेको भन्दै श्रेष्ठले यी आधार नै लिम्पियाधुरा नेपालकै भएको प्रमाणको रुपमा उल्लेख गरे ।

उनले नेपालकै राजनीतिक दलहरुलाई पनि लिम्पियाधुराको मुल मुद्दालाई ओझेलमा पार्ने गरी अन्य विषयलाई अगाडि नल्याउन आग्रह गरेका छन् ।

‘यतिखेर हेर्नुपर्ने मुख्य मुद्दा भनेको यो भूमि भारतले कब्जा गरेको हो, यो भूमि फिर्ता लिई छाड्नु पर्छ भन्ने हो । यो मुद्दामा हिजो कहाँ कसको कमजोरी भयो भन्ने बारेमा वा राष्ट्रियताको अरु विषयमा पनि सन्दर्भबश चर्चा गर्नु एउटा कुरा हो । तर, यसैलाई मुद्धा बनाएर, आफैँलाई आरोप प्रत्यरोप गर्नेमा लाग्नु हुँदैन’ उनले भने ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १ : ३४ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’