एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित) « Khabarhub

एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित)


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी अध्यक्षका दाबेदार एवम् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालयमा दस्तावेज पेश गरेका छन् ।

२७–२९ मंसिरमा हुने ११ औँ महाधिवेशनमा पेश गर्ने गरी पोखरेलले महासचिव शंकर पोखरेललाई उक्त दस्तावेज पेश गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले दस्तावेज अस्वीकार्ने संकेतसहित पार्टी कार्यालयमा आउन नमानेपछि महासचिवलाई नै बुझाइएको हो ।

महाधिवेशनको हलमा लैजाने गरी पोखरेलले प्रस्तुत गरेको ४० पृष्ठ लामो अवधारणा-पत्रले देशको वर्तमान असाधारण राजनीतिक संकट र नयाँ पुस्ताको आक्रोशलाई मुख्य विषय बनाएको छ।

मुख्य बुँदाहरू :

  • २३ भदौ २०८२ को ‘जेन-जी आन्दोलन’ र त्यसपछिको संवैधानिक संकट

अवधारणा-पत्रले भदौ २३ मा प्रदर्शनका क्रममा ज्यान गुमाएका युवा र प्रहरीलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। दुईतिहाइ बहुमतको सरकारलाई ‘जबर्जस्ती विस्थापित’ गरिएको र संविधान घाइते भएको ठहर दस्तावेजमा गरिएको छ। यो घटनालाई पार्टीको नीति र कार्यशैलीको गम्भीर समीक्षा गर्नुपर्ने अवसरका रूपमा दस्तावेजले लिएको छ।

२. विश्व परिवेशको विश्लेषण

पश्चिमा उदारवादी विश्व व्यवस्था कमजोर बन्दै गएको, चीन-भारतसहित नयाँ शक्तिहरूको उदय। प्रविधिमा आधारित ‘टेक्नो फ्युडालिजम’, असमानता वृद्धि र दक्षिणपन्थी लोकप्रियतावादको उदय।

श्रीलंका, ब्राजिल, मेक्सिकोमा वामपन्थी विजयलाई सकारात्मक उदाहरण मान्दै नेपालमा पनि ‘शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवाद’ सम्भव रहेको निष्कर्ष।

३. नेपालको वर्तमान अवस्था

दलाल तथा परनिर्भर पूँजीवाद हावी, औद्योगिकीकरणमा असफल। आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चियो, वैदेशिक रोजगार मुख्य जीविकोपार्जनको माध्यम बनेको छ।

गाउँबाट सहर, पहाडबाट तराई र नेपालबाट विदेशतर्फ तीव्र बसाइँसराइ बढिरहेको छ। जलवायु परिवर्तनबाट नेपाल विश्वमै सबैभन्दा जोखिममा रहेको तर सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने देश भएको उल्लेख दस्तावेजमा गरिएको छ।

४. पार्टीको आत्मसमीक्षा र नयाँ कार्यदिशा

युवा आक्रोश र राज्यबीचको खाडल स्वीकार गर्दै ‘नयाँ पुस्ताको नयाँ पुस्तासँग जोडिने’ नीति आवश्यक। मार्क्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादलाई थप सुदृढ गर्दै ‘गैर-माक्सवादी चिन्तन’ बाट मुक्त हुनुपर्ने। छिमेकी मित्रराष्ट्रहरूको हितविपरीत नेपालको भूमि प्रयोग हुन नदिने स्पष्ट प्रतिबद्धता।

५. आगामी बाटो आर्थिक क्रान्ति

औद्योगिकीकरण, कृषिमा युवा आकर्षण, जलवायु न्याय र समावेशी समाजवाद नै पार्टीको मुख्य एजेन्डा हुनुपर्ने दस्तावेजमा उल्लेख छ ।

‘राष्ट्रिय हित सर्वोपरि, आन्तरिक मामिलामा कुनै विदेशी हस्तक्षेप अस्वीकार‘ भन्ने अडान दोहोर्‍याइएको छ। अवधारणा-पत्रले भदौ २३ र २४ गतेको को जेन-जी आन्दोलनलाई ‘नयाँ युगको सुरुवात‘ का रूपमा चित्रण गर्दै एमालेले आफूलाई आमूल रूपमा नवीकरण नगरे कम्युनिस्ट आन्दोलन नै संकटमा पर्ने चेतावनी दिएको छ।

एघारौँ महाधिवेशनले नयाँ नेतृत्व चयन र राजनीतिक कार्यदिशा पारित गर्दै २०८४ को आमनिर्वाचनमा निर्णायक शक्ति बन्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : १५ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण