बाढीले क्षति पुर्‍याएपछि गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध | Khabarhub Khabarhub

बाढीले क्षति पुर्‍याएपछि गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ जोड्ने मस्याङ्दी नदीको पुललाई गएराति बाढीले क्षति पुर्‍याएपछि आवत जावत अवरुद्ध भएको छ ।

तनुहुँबाट तुरतुरे हुँदै गोरखा प्रवेश गर्ने मुख्यनाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि आज बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिए ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पुर्‍याएको उनले बताए । ‘पुलमा सवारी साधन गुड्न सक्ने अवस्था छैन’, उनले भने, ‘तनहुँबाट पालुङटार छिर्ने मुख्यनाकामा नै अवरुद्ध हुँदा मानिसलाई अत्यावश्यक कामका लागि समेत ओहोरदोहोर गर्न अप्ठ्यारो भएको छ ।’

बाढीले पुलको एकतर्फको भागको बाटो नै बगेको स्थानीयवासी अशोक मरहठ्ठाले बताए ।

उनले पुल मर्मत नगर्दासम्म अब सवारी साधन आवातजावत गर्न नसक्ने अवस्था रहेको बताए ।

‘पानीको बहाव बढ्दा पुलको मुख्य बेस नै करिब चार फिट कटान भएको छ’, उनले भने, ‘बाढीले कटान गरेपछि अहिले त मान्छे हिँड्नसमेत जोखिम भएको छ ।’ उक्त बेलीब्रिज पुल करिब १५ वर्षअघि निर्माण भएको हो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ३ : ५० बजे

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ ।

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

काठमाडौं – द्वन्द्वका कारणको खोजी गर्ने र पीडितलाई राहत तथा

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले तोके अमेरिकी स्वास्थ्य बिमा सम्बन्धी काम गर्ने संस्थाको जिम्मेवारी

न्युयोर्क – डोनाल्ड ट्रम्पले डा. मेमट ओजलाई सेन्टर फर मेडिकेर

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? डलर र यूरो बढ्यो

काठमाडौं – आज २०८१ साल मंसिर ५ गते बुधबार सन्