कोरोना रूघाखोकी जस्तै हो, हाच्छ्युँ गरेर उडाइदिनु पर्छ: प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

कोरोना रूघाखोकी जस्तै हो, हाच्छ्युँ गरेर उडाइदिनु पर्छ: प्रधानमन्त्री ओली


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रूघाखोकीजस्तै भएको जनाउँदै उच्च मनोबलले जितिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोच राख्न नहुने बताएका हुन् ।

कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध बच्नको लागि औषधीजन्य सन्तुलित आहारको पनि उचित ध्यान दिनुपर्ने बताएका छन् । उनले नियमित व्यायाम गर्न पनि सुझाएका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १० : ४५ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा